होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
बाजुरा । बाढी र पहिरोका कारण असार अन्तिम सातादेखि साँफे–मार्तडी सडक खण्डको बार्जुगाढदेखि जडांगासम्मको करिब २० किलोमिटर सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । बाजुराको लाइफलाइनको रुपमा रहेको यो सडक वर्षादको समयमा पूर्ण रुपमा अवरुद्ध हुन थालेको चार वर्ष भइसक्यो । बर्खा नसकिदासम्म यो सडक सुचारु हुने अवस्था हुँदैन । नियन्त्रण गर्न असम्भव भइसकेको पहिरोमा सडक डिभिजन कार्यालय साँफेबगरले […]
बाजुरा । बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरूले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई आर्थिक सहयोग गरेका छन् । फाउण्डेनशनमै पुगेर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर रावल, वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढा र वडा नम्बर ३ का वडा अध्यक्ष विर्कबहादुर रावतले संयुक्त रूपमा आर्थिक सहयोग गरेका हुन् । उनीहरूले ८ […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप […]
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई […]
नागरिक रैबार/बाजुरा १ भाद्र।सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले बडीमालिका मन्दिरमा मल्लागिरी पर्वत रहेको ठाउँमा २१ फिट लामो त्रिशुल चढाईएको छ । त्रिवेणी नगरपालिकाका विरु खड्काको संयोजकत्वमा देश भित्र र बाहिरबाट गरी ७७ जनाबाट ३ लाख ८२ हजार १ सय ८७ बढी रकम संकलन गरेर बडीमालिका मन्दिर परिसरमा २१ फिटको त्रिशुल चढाईएको […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । परिपत्र अनुसार प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका जग्गालाई मंसिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्याउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण […]
नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नम्मर १ मा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मंगलबार विहान साेही वडामा रहेको रानी सामुदायिक बनमा पाटेबाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मंगलबार विहान खप्तड छेडेदह गाँउपालिका वडा नंं १ की कार्यपालिका सदस्य सृजना बिकले पाटेबाघ जंगलमा मृत […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार आज दल दर्ताको अन्तिम दिन हो । निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले आज कार्यालय समयभित्र दल […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित […]
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलवारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेमा […]
नागरिक रैबार/बाजुरा २८ साउन। प्रेस चौतारी नेपाल बाजुराले धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा एतिहासिक बैठक सम्पन्न गरेको छ । बडीमालिका तिर्थ यात्राको अवसर पारेर प्रकृतिको अनुपम उपहार २२ पाटन क्षेत्र त्रिवेणी धाममा प्रेस चौतारीले एतिहासिक बैठक सम्पन्न गरेको हो । बैठक बसेको स्थल करिब ४ हजार १ सय बढीको उचाइमा पर्छ । बडीमालिका […]
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको दुई […]
नागरिक रैबार/बाजुरा २८ साउन।करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाइ नेपाल बिद्युत प्राधिकरणलले क्षेती पुर्ती सहित एक जनालाई करार कर्मचारी राख्ने सहमती गरेको छ । रावलकोे कमाइबाट आश्रित उनको १० जनाको परिवार बिचल्लीमा पर्ने देखीएपछि सर्बपक्षिय बैठकले राहत स्वरुप क्षेतीपुर्तीका लागि प्राधिकरणले ब्यहोर्नुपर्ने निणर्य गरेको हो । बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत […]
बाजुरा । सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति […]
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरिएको छ । वडा अध्यक्ष वीरबहादुर रावलको विशेष पहलमा लुगेनाकी जलु बुढाको उद्धार गरिएको हो । स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलु मानसिक सन्तुलन बिग्रिएपछि घर नजिकै रहेको ओडार तथा जंगलमा बस्दै आएकी थिइन् । ‘भाने बुढाले जेठी श्रीमतीबाट छोरी […]
काठमाडौं, २६ साउन । नेकपा एमालेका नेता कर्णबहादुर थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै एउटा पार्टीले बहुमत दिन सक्दैन भने संविधान संशोधन गर्नुपर्ने बताएका छन् । “अहिलेको समानुपातिक निर्वाचन प्रणाली प्रणालीले जनभावनाको सही प्रतिनिधित्व हुन सकेको छैन । देशको हितभन्दा अहित भएको छ । यसलाई जनताले रुचाएका छैनन् । यसमा बहस गर्न एमाले तयार छ । […]