होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दाहालले लिए प्रधानमन्त्रीको शपथ
देश/प्रदेश

दाहालले लिए प्रधानमन्त्रीको शपथ

  • नागरिक रैबार
दाहालले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् ।

दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरू उपस्थित थिए । त्यस्तै पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै