होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा मागिन्छ : सहमहामन्त्री पाण्डे
राजनीति

केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा मागिन्छ : सहमहामन्त्री पाण्डे

  • नागरिक रैबार
केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा मागिन्छ : सहमहामन्त्री पाण्डे

नेपाली कांग्रेसका  सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको  बताएका  छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्ने बारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताए ।उनले भने– ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्ने बारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पुर्याउनुपर्छ ।भेटघाटमा  सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई कांग्रेसीहरुले सामान्य रुपमा लिन नमिल्ने बताए । सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए । उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताए । उनले केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए ।

नेपाली काँग्रेस संस्थापन इतर पक्षको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार