होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियु बाजुराकाे तेस्रो सचिवालय बैठक सम्पन्न, यी भए निर्णय
समाचार

अनेरास्ववियु बाजुराकाे तेस्रो सचिवालय बैठक सम्पन्न, यी भए निर्णय

  • नागरिक रैबार
अनेरास्ववियु बाजुराकाे तेस्रो सचिवालय बैठक सम्पन्न, यी भए निर्णय

नागरिक रैबार
बाजुरा १३ पुस।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बाजुराकाे तेस्रो सचिवालय बैठक मार्तडीमा सम्पन्न भएकाे छ ।
अनेरास्ववियुकाे आज बसेकाे बैठकले मंसिर ४ गतेका दिन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतन अयडीकाे बीभत्स हत्यामा संलग्नहरूलाई कारवाहीकाे माग गर्ने निर्णय गरेकाे छ । त्यस्तै बैठकले स्वर्गीय चेतन अयडीकाे शाेक प्रस्ताव पारित गरेकाे छ ।
चेतन अयडी स्मृति पार्क निर्माणका लागि केन्द्रीय कमिटीकाे समन्वय र स्थानीय तहसंगकाे सहकार्यमा त्रिवेणी नगरपालिकाकाे कैलाशमाण्डाै डाँडामा  स्वग्रिय चतन अयडी स्मृति पार्क निर्माण गर्ने निर्णय गरेकाे अनेरास्ववियुका सहसचिव प्रेम नेपालीले बताएका छन् ।
त्यस्तै भर्खरै बैठकले सम्पन्न संघ र प्रदेशकाे चुनावमा पार्टीकाे पक्षमा रहेर खटिएका आम कार्यकर्तालाई धन्यवाद दिएकाे छ ।  चेतन अयडीकाे हत्यापछि अनेरास्ववियुका केन्द्रीय कमिटी अध्यक्ष सुनिता बरालकाे नेतृत्वमा बाजुरामा आएकाे टाेलीलाई बधाई तथा शुभकामना दिएकाे छ ।
बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरेर बाजुराका ३ वटै क्याम्पसमा ३ जनाकाे नेतृत्वमा स्ववियु परिचालन गर्ने भएकाे छ । जस अनुसार बाजुरा क्याम्पसमा प्रेम नेपाली, बुढीनन्दा क्याम्पसमा नन्द खत्री र बडीमालिका क्याम्पसमा किशन खत्रिलाई स्ववियु परिचालन संयाेजक ताेकेकाे छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा (भाेटे)को अध्यक्षतामा बसेकाे सचिवालय बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य जंग बिक प्रदेश कमिटी कोषाध्यक्ष इन्द्र बोहरा लगाएतको उपस्थित रहेको थियो । बैठक राज तालिम हलमा बसेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार