होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० भदौ । बाजुरामा राति १० बजे पछि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा हुने बिभिन्न नाँचगान लगायतका कार्यक्रमहरु राति १० बजे पछि गर्न नदिने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा […]
बाजुरा । जनताको साथमा काँग्रेस अभियान कोल्टीबाट सुरूवात गरेकाे छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस अभियान संचालन गर्ने भनिए अनुसार केन्द्रिय प्रतिनिधि अर्जुनजंग िसंहको उपस्थितिमा शुक्रबार कोल्टीबाट सो अभियान सुरूवात गरिएको हो । जनतासंगै रहेको काँग्रेस आगामी […]
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ ले उक्त वडाका वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो। वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई बैंक पुग्न असहज हुने हुँदा वडा कार्यालयबाटै भत्ता वितरण गरिएको बताइएको छ। वृद्धवृद्धा २५ जना र ५ जना […]
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क) गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुरामा एसईई ग्रेड बृद्धि दिने बिद्यार्थी १३ सय ५० रहेका छन । देश भर हुने एसईई ग्रेड बृद्धि परिक्षामा बाजुरामा पाँच वटा परिक्षा केन्द्र तोकिएका छन । राष्ट्रिय परिक्षा बोर्ड अनुसार देश भर हुने सईई ग्रेड वृद्धि परीक्षा ११ र १२ गते सन्चालन हुने भएको छ । जिल्लाको ९ वाटा स्थानीय […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए । ‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति […]
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
डोटी। सरकारले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे पनी चुनावी चर्चा निकै चुलिएको छ । एकातिर सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने अर्को तर्फ प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ। […]
बाजुरा– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ। वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार […]
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय […]
बाजुरा । मतदाता नामावली अधावधिक तथा दावी विरोध सम्बन्धी सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरु सगं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
नागरिक रैबार/बाजुरा ७ भदौ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका बाढि पिडितले राहत तथा क्षेतीपुर्ति अहिले सम्म पाउन सकेका छैनन् । बाढि गएको दूई हप्ता वितिसक्दा पनि न राहत पाएका छन् नत क्षेती पुर्ति । साउन २० गते राती १२ बजे अविरल बर्षा संगै आएको बाढिले करिब २० रोपनी धानी बाली बगाएर सखाव पारेको […]
नागरिक रैबार/बाजुरा ७ भदौ।बाजुरामा बजार बन्द गराउँदै हिँडेका विप्लवका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विहान सदरमुकाम मार्तडी बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा बाजुराका सचिव भुपेन्द्र विक, केन्द्रिय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुर्य थापाले बताएका छन् । डिएसपी […]
बाजुरा । बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन । बन्दको आह्वन गर्दे हिडेका उनीहरु प्रकाउ परेका हुन । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ […]
धनगढी: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ। कैलाली […]
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको छ । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्ने छन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा […]