होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • तोकिएको भाडादर कायम गर्न व्यवसायीलाई प्रशासनकोआग्रह
समाज

तोकिएको भाडादर कायम गर्न व्यवसायीलाई प्रशासनकोआग्रह

  • नागरिक रैबार
तोकिएको भाडादर कायम गर्न  व्यवसायीलाई प्रशासनकोआग्रह

नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादर कायम गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षेमतालाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय बाजुराले यस अघि असोज ६ गते जिल्ला यातायात व्यवस्थापन समितिको बैठकबाट कच्चि सडकमा प्रति किलोमिटर १८, ग्रावेल सडकमा प्रतिकिलोमिटर १२ र पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडादर कायम गरेको थियो ।

तर जिप व्यवसायीहरुले भने यात्रुबाट मनोमानि तरिकाले जिल्ला यातायात व्यवस्थापन समितिले तोकेको भाडादर भन्दा बढी भाडा असुल्दै आएका थिए । यस अघि व्यवसायीहरुले इन्धनको मुल्यमा वृद्धि भएको भन्दै मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडकमा १२ सय देखि १५ सय सम्म भाडा लिने गरेका थिए । तर प्रशासनले निर्धारण गरेको प्रति किलोमिटर १८ का दरले ७ सय ५६ मात्रै भाडादर कायम थियो ।

विज्ञापन

पछिल्लो समय व्यवसायीहरुले मनोमानी भाडादर असुलेको जनगुनासो आएपछि हिजो (मंगलबार) व्यवसायी र राजनीतिकि दलका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भाडादर कायम गर्न बैठक राखिएको र बैठकले तोकेको भाडादर कायम गर्न व्यवसायीलाई आग्रह गरेको र व्यवसायी समेत भाडादर कायम गर्न सहमत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाजुराका विभिन्न ठाउँमा चल्ने जिपहरुको भाडादर निर्धारण गरेको छ । प्रशासनले तोकेको भाडादर भन्दा बढी यात्रुबाट रुपैयाँ असुले प्रचलित कानुन बमोजिम कारवाही गर्ने जनाएको छ । साथै तोकेको भाडादर भन्दा बढी लिएको पाईएमा तुरुन्तै प्रहरी अथवा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न समेत यात्रुहरुलाई आग्रह गरेको छ ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार