होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एस सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा नरेश शाही चयन
समाचार

नेकपा एस सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा नरेश शाही चयन

  • नागरिक रैबार
नेकपा एस सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा नरेश शाही चयन

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा नरेश कुमार शाही चयन भएका छन् । बाजुरा निर्वाचन क्षेत्र (क) बाट विजयी शाही दलको प्रमुख सचेतक बनेका हुन् ।

नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरेको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले शाहीलाई प्रमुख सचेतक र सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४(क) बाट विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई चयन गरेको छ ।

विज्ञापन

भने यस्तै सचेतकमा माया पन्त लाई तोकेको छ । सोराडी, रावल र शाही प्रत्यक्षबाट निर्वाचित भएका हुन् । भने पन्त समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । ५३ सदस्यीय प्रदेश सभामा ४ सिट रहेको समाजवादीका चारै जना सांसदले पद पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार