होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बार्जुगाड खोलाको अलपत्र पुलको मेयर बानियाँले गरे अनुगमन
बाजुरा बिशेष

बार्जुगाड खोलाको अलपत्र पुलको मेयर बानियाँले गरे अनुगमन

  • नागरिक रैबार
बार्जुगाड खोलाको अलपत्र पुलको मेयर बानियाँले गरे अनुगमन

नागरिक रैबार/बाजुरा १७ पुस। बाजुराको बेतालमाण्डौ डेल्टा सडक खण्ड अन्तरगत बार्जुगाड खोलामा ७ बर्ष देखि निर्माण कार्य अलपत्र रहेको स्टिल ट्रस व्रिज पक्कि पुलको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अनुगमन गरेका छन् ।

खप्तड छेडेदह गाँउपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बार्जुगाड खोलामा निर्माणाधिन रहेको स्टिल ट्रस व्रिज पक्की पुल निर्माण कार्य ७ बर्ष बितिसक्दा सम्म पनि निर्माण हुन नसकेको थाहा पाएपछि बुढीगंगाका नगरप्रमुख बानियाँले शनिबार स्थलगत अनुगमन गरेका हुन् ।

पुलको अनुगमन गर्न पुगेका नगर प्रमुख बानियाँले पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिको चरम लापरबाहीका कारण पुल निर्माण कार्य अलपत्र रहेको बताएका छन् ।

विज्ञापन

स्थलगत अनुगमनका क्रममा पुलको काम सम्पन्न हुन नसकेको पाईएपछि ठेकेदार कम्पनिलाई सम्पर्क गरेर पुल निर्माणको काम छिटो गर्न आग्रह गरेको नगर प्रमुख बानियाँले बताएका छन् । पुल निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनिले समयमै काम सम्पन्न नगरी बेखबर बनेको स्थानीयले गुनासो गरेपछि कम्पनिलाई सम्पर्क गरेर छिटो काम सम्पन्न गर्न आग्रह गरेको उनको भनाई छ ।

बार्जुगाड खोलाको पुल निर्माणमा ढिलाई भएपछि स्थानीयको दैनिक आवात जावतलाई मध्येनजर गर्दै अलपत्र पुलको अनुगमन गरेको र  समयमै पुल नवनेको खण्डमा बुढीगंगा नगर सरकारले ठेक्का रद्व गर्न बाध्य हुने समेत कम्पनिलाई चेतावनी दिएका छन् ।

सम्झौता अनुसार ठेकेदार कम्पनिले समयमै पुल निर्माण नगर्दा त्यस क्षेत्रका स्थानीय वर्खामा खोला तरेर वारपार गर्न बाध्य हुँदै आएका छन् ।

तत्कालिन जिल्ला विकास समिति नयाँ संरचना अनुसार निष्कृय भएपछि अहिले उक्त पुलको रेखदेख सडक पुर्वाधार विकास कार्यालय अछामले हेर्ने गरेको छ । सडक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्ध बोगटीले भने यो आर्थिक बर्षको असार सम्म पुल निर्माण गरिसक्ने बताउँदै आएका छन् । बिगतमा कोभिड, ठेकेदारको कमजोरी लगायत अन्य कारणले काम हुन नसकेको बोगटीको भनाई छ ।

यता पुल निर्माणको जिम्मा पाएको साउँद एडभेन्चर जेभीका सञ्चालक जय बहादुर साउँदले असार भित्र पुल निर्माण सम्पन्न गर्ने बताएका छन् । उनले भने स्टिल ट्रस पुलको संरचनाहरु निर्माण भईसकेकोले अव छिट्टै ढुवानी गरेर काम सम्पन्न गर्ने बताएका छन् । स्टिल ट्रस पुलको लम्बाई ४५ मिटर रहेको छ । यो सडक सदरमुकाम मार्तडी जोड्ने बैकल्पिक मार्गका रुपमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार