होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा कानुन विपरित चल्ने सवारी साधान कारवाहीमा
समाचार

बाजुरामा कानुन विपरित चल्ने सवारी साधान कारवाहीमा

  • नागरिक रैबार
बाजुरामा कानुन विपरित चल्ने सवारी साधान कारवाहीमा

नागरिक रैबार/बाजुरा २३ पुस। बाजुरा जिल्लामा कानुन विपरित संचालन हुँदै आएका ६ वटा सवारी साधानहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

रातो नम्बर प्लेट राखेर कानुन विपरित बाजुराबाट हुम्लासम्म सञ्चालन हुँदै आएको थाहा पाएपछि ६ वटा सवारि साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नंम्वर प्लेट) राखेर बाजुरादेखि हुम्ला सम्म सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोक्ने गरेको थाहा पाएपछि प्रहरीले  बा २१ च ४३२, लु.अ.अ.म.६७२६, भे १ च ३८२०, से १ च १५१०, भे १ च २७९८ र बा १८ च ३९५९ नम्वरका सवारी साधानहरुलाई नियन्त्रणमा लिएको थियो ।

विज्ञापन

May be an image of 2 people and outdoors

नियन्त्रणमा लिएका सवारी साधानहरुलाई सार्वजनिक सवारी साधानको रुपमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी संचालन गर्न आवश्यक निर्देशनसहित ट्राफिक जरिभाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

May be an image of 4 people, people standing and roadMay be an image of 1 person and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार