होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २४ असाेज । बाजुराकाे प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका एमालेका रंगमान शाहीका विरुद्धमा नेकपा एमालेको तर्फबाट साेही प्रदेशका उमेदवार बल्देव रेग्मीले मुख्य निर्वाचन अधिकृत कार्यालय बाजुरामा उजुरी दिएका छन । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्तीका अनुसार स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका शाहीले उम्मेद्बारी दर्ता गर्दा आफु […]
नागरिक रैबार/बाजुरा २४ असाेज।बाजुराकाे जिल्लाको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]
नागरिक रैबार/बाजुरा २३ असाेज। बाजुराकाे प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा एकीकृत समाजवादीका नेता नरेश शाहीले उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर शाहीले प्रदेश […]
नागरिक रैबार बाजुरा २३ असाेज बाजुरामा बाम लाेकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता पाण्डेले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेलाई बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्ष उम्मेदवारी दर्ताका लागि काँग्रेस बाजुराका […]
नागरिक रैबार बाजुरा २३ असाेज नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता थापाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । थापालाई प्रतिनिधि सभाकाे उम्मेदवारीका दर्ताका लागि प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिव भरतबहादुर थापा र समर्थकमा […]
नागरिक रैबार बाजुरा २३ असाेज । नेपाल समाजवादी पार्टी बाजुरा जिल्ला समन्वय समितिका अध्यक्ष टेकबहादुर बडुवालले प्रतिनिधि सभाकाे प्रत्येक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । आईतबार सदरमुकाम मार्तडीमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बडुवालले स्वतन्त्रबाट प्रतिनिधि सभाकाे प्रत्येक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । प्रतिनिधि सभाकाे सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न प्रस्तावक विनाेद विक र समर्थक […]
नागरिक रैबार बाजुरा २३ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ! आईतबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनले प्रदेश सभा (क) का लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश (का) आम कार्यकर्ताकाे आग्रहमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे उनले बताएका छन् […]
काठमाडौं, असोज २३ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा आज प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्दैछन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश […]
मदन विक/बाजुरा २२ असोज।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बाजुरामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुको टुंगो लागिसकेको छ । बाजुरामा पनि भोलि असोज (२३) गते निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । भोलि हुने उम्मेदवारहरुको मनोनयन दर्ताका लागि एमालेबाट प्रतिनिधि सभाको प्रत्येक्ष तर्फका […]
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी […]
काठमाडौं । बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभाको लागि जङ्गकुमार गिरीले टिकट पाएका छन् । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि गिरीले बाजुरबाट टिकट पाएका हुन् । विकासप्रेमी छवि बनाएका नेता गिरी जिल्ला विकास समितिका पूर्व सभापति हुन् । गिरी राप्रपाका केन्द्रीय सदश्य समेत हुन् ।
नागरिक रैबार/बाजुरा २१ असाेज।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि बाजुरामा एमालेबाट ३ जनाकाे उम्मेदवारी रहने भएकाे छ । जसमा प्रतिनिधि सभाकाे प्रत्येक्ष तर्फ एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा उम्मेदवार बनेका छन् । उनी ०७० मा भएकाे संविधानसभाकाे दाेस्राे निर्वाचनमा विजयी भएका थिए । प्रदेश सभा तर्फका २ वटा […]
काठमाडौंः पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर बागमती प्रदेशदेखि पूर्वतिर […]
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने […]
लमजुङ– हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । […]
(बर्दिया)- मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन् । बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। पाँच वर्षमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार चाँडपर्व खर्च बुझेका छन्। सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा […]
यहीँ ११ गते तस्वीरमा देखिएका दायाँबाट २ जना त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्व बहादुर अयडी, स्थानीय विनोद अयडी र पुजारी रंगप्रसाद पाध्यायलाई विपक्षी बनाएर टेकेन्द्र सुनारले आफूलाई निज विपक्षीहरूले जात, जाति, वंश, समुदाय वा पेशाकै आधारमा धार्मिक कार्य गर्नबाट वञ्चित गरियो भनेर छुवाछूत तथा भेदभाव शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरे । प्रहरीले […]
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए दुर्घटना लगत्तै […]
नागरिक रैबार/बाजुरा १४ असोज।बडीमालिका नगरपालिका वडा नम्वर ७ ले वडामा रहेका विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । वडा दशैंको अवसरमा वडा नम्बर ७ ले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका १५ जना विपन्न समुदायका परिवारलाई खाद्यन्न वितरण गरेको हो । वडाभित्र चाडपर्वको समयमा खाद्यन्नको समस्या भएका विपन्न परिवारलाई सहयोग पुगोस भन्ने […]