होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २१ असार । जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार विहान बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरको सरसफाई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको बडीमालिका मन्दिरलाई सफा सुग्गर, स्वच्छ र पवित्र धार्मिक स्थल बनाउन प्रहरीको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक ढुंगानाले […]
नागरिक रैबार/ बाजुरा २० असार । ११ औं राष्ट्रपति रनिङ शिल्डलाई यस वर्ष पनि मालिका माविले आफ्नो कव्जामा लिन सफल भएको छ । एघारौं राष्ट्रप ति रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका माविले उत्कृष्ठ खेल प्रस्तुत गरेर यस वर्षको शिल्ड आफ्नो कव्जामा लिदै ९ औं पटक लगातार शिल्ड उचालेको हो । बाजुरा जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता […]
नागरिक रैबार/बाजुरा 20 असार ।बडीमालिका नगरपालिका वडा नं. ७ का अतिविपन्न परिवारहरुलाई धुँवा रहित सुधारिएको चुल्हो र वायो ग्यास वितरण गरिएको छ । नेपाल सरकार उर्जा मन्त्रालय र वैकल्पिक उर्जा प्रर्वद्धन कार्यक्रमको आर्थिक सहयोग र बडीमालिका नगरपालिका वडा नं. ७ को पहलमा वडा भित्रका १ सय ५ परिवारलाई धुवाँ रहित सुधारिएको चुल्हो र १६ जना […]
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले यस प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध-बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका […]
काठमाडौं । मनाङ्गे डनलाई पार्टी प्रवेश गराएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले राजनीतिक पार्टीलाई मान्छे चाहियो भन्दै आपराधिक, डन जस्तालाई पनि पार्टी प्रवेश गराउने भन्दै विरोध जनाएका हुन् । उनले ट्वीट मार्फत मान्छे ल्याउने भन्दैमा जस्तालाई पनि पार्टी प्रवेश गराउने काम गर्न नहुने बताएका छन् । […]
सुदूरपश्चिम प्रदेश सकारकारले अगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन्। प्रमुख प्रतिपक्षी दलको विरोधका बिच सत्तारुढ दल भित्रै असन्तुष्टि चुलिदै गएपछि प्रदेशसभाको बैठक ६ पटक स्थगीत भइसकेको छ। प्रतिपक्षी दलले असन्तुलित बजेटले भ्रष्टाचार निमत्याउने भन्दै केही महत्वपूर्ण योजना समावेश गरी टुक्राटाक्रे योजना हटाई […]
पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन् । कमल थापा नेतृत्वको राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका मनाङे समाज सेवाको लागि राजनीतिमा आएको […]
१९ असार, पोखरा । दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरे । स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० […]
नागरिक रैबार/बाजुरा १८ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानुन मिन्त्री प्रकाश बहादुर शाहले प्रदेश सरकारले हालसालै ल्याएको बजेट जनताको आवश्यकता र सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर आएको बताएका छन् । प्रदेश सरकाले ल्याएको बजेट बिरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर रुपमा प्रदेश संसद अवरुद्ध पारिरहेको अवस्थामा मन्त्री शाहले प्रदेश सरकार बार्ता र […]
राजेन्द्र बिक/बाजुरा १८ असार। शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराद्वारा संचालित खाजा कार्यक्रमले विद्यार्थीहरुको बिद्यालय प्रती आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाकाे फुलबारी आधारभूत बिद्यालय काँडाका प्रधानाध्यापक शेर बहादुर बुढाले बताएका छन् । वि.स.२०५७ सालदेखि विद्यालयमा विद्यार्थीहरुका […]
नागरिक रैबार/ बाजुरा १८ असार । दुर्गमका महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्ला सदरमुकाम मार्तडीमा सूरु भएको ३ महिने (३९०) घण्टे तालिमको आज समापन गरिएको छ । प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलाली र खप्तड व्यवसाय उद्धमशिलता परामर्श तथा तालिम केन्द्र संस्थाद्धारा बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. १ […]
काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]
१८ असार काठमाडौं । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान भएता पनि सयभन्दा बढी स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरेका छैनन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यसरी बजेट पेश भएपछि मात्रै त्यसअनुसार आगामी आवमा खर्च गर्न र कर उठाउन अधिकार प्राप्त […]
अनिल शाही/बाजुरा १७ असार । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला प्राथमिक विद्यालयमा परिक्षण स्वरुप लगाइएका उच्च घनत्वको स्याउ यसै बर्ष फलेको छ । विद्यालयको क्षेत्रमा गत चैत्र महिनामा लगाईएका १ हजार बोट स्याउ फल्न थालेको बताइएको छ । गाउँपालिकाले एक बर्षमै फल्ने स्याउको परिक्षण स्वरुप यो बर्ष मनाङ्गबाट ल्याइएका सो स्याउ फल्न थालेका हुन । […]
अनिल शाही/बाजुरा १७ असार। जिल्लाको जगन्नाथ गाउँपालिकामा सोमबारबाट नमस्ते टेलिफोनको टावर सुचारु भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । २१औँ शताब्दीमा समेत सञ्चारको दुनियाँबाट विमुख भएका जगन्नाथ गाउँपालिकाका जनता टावर सुचारु भएसँगै सहज रूपमा सञ्चारमा जोडिएका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र नेपाल दूर सञ्चार प्राविधिकरणको सहयोगमा विगत तीन वर्षदेखि निर्माणाधीन रहेको […]
नागरिक रैबार/बाजुरा १५ असार । बाजुरामा धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘खेतमा जाउँ धान रोपौं, अर्गानिक उत्पादन बढाऔं’ भन्ने मुल नारासहित बाजुरामा पनि धान दिवस भव्य रुपमा मनाईएको हो । कृषि ज्ञान केन्द्र, त्रिवेणी सहकारी संस्थाको सयुक्त आयोजनामा उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको हो । यसैको अवसरमा जिल्लास्थित […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनमा प्रहरी माथि हातपात भएको छ । आईतबार सोही वडाका गाउँलेका पीडा बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली खटिएको थियो । गाउँलेका गुनासाहरु सुन्न र मदिरा चेकजाँचका लागि कोल्टीबाट खटिएको प्रहरीको टोली माथि त्यहाँका स्थानीयले उल्टै हातपात गरेका छन् । घटनाबारे थप जानकारी […]
मदन वि.क./बाजुरा १४ असार। बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । तर, असार मसान्तको मध्ये भागमा आईसक्दा पनि खेतियोग्य जमिनमा प्रयाप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई खेतबारीमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा १४ असार । यस वर्षको एसर्ईई परिक्षामा फेल भएको भन्दै १६ वर्षिय किशोरले गरे आत्महत्या गरेका छन् । एसईइमा फेल भएपछि बडीमालिका नगरपालिका वडा नं. १ पीनालेखका बुधे कार्कीका छोरा १५ वर्षिय जंग कार्कीले आत्महत्या गरेका हुन् । एसईइमा फेल भएर आत्महत्या गर्ने १५ वर्षिय जंग कार्कीले सोही वडामै रहेको जाल्दादेवी माविबाट […]