होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा निरन्तर वर्षा, जनजीवन कष्टकर
Breaking News

बाजुरामा निरन्तर वर्षा, जनजीवन कष्टकर

  • नागरिक रैबार
बाजुरामा निरन्तर वर्षा, जनजीवन कष्टकर

नागरिक रैबार/मार्तडी १३ फागुन।बाजुरा जिल्लाका आसपास क्षेत्रमा निरन्तर वर्षा भईरहेको छ । मंगलबार विहानै देखि बादल लागेसंगै दिनभर वर्षा भएपछि यहाँको जनजीवन कष्टकर बनेको हो ।

वर्षासंगै जिल्लाका उच्च हिमाली क्षेत्रहरु पोरखे लेख, जुकोट, मानाकोट, कैलाशमाण्डौं र तोली लगायतका स्थानहरुमा हिमपात समेत भएको छ । मंगलबार विहानैबाट एकाएक चिसो बढेपछि यहाँका व्यापारी र स्थानीयहरु घरभित्रै आगो बालेर बसेका छन् ।

विज्ञापन

सदरमुकाम मार्तडीमा निरन्तर वर्षा संगै जाडो बढेपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुलाई सेवा प्रभाहमा समस्या भएको बडीमालिका नगरपालिकाका कर्मचारी वीरबहादुर विष्टले बताएका छन् ।

त्यस्तै वर्षाकै कारण जिल्लाका विभिन्न विद्यालय संचालनमा समस्या उत्पन्न भएको छ भने विद्यार्थीहरुलाई विद्यालय आउन र जान कठिन भएको सदरमुकाम मार्तडीस्थित मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

निरन्तरको वर्षाकै कारण जिल्ला सदरमुकाम मार्तडीबाट ग्रामिण भेगमा दैनिक संचालन हुने जीप तथा ट्याक्टर सेवा पनि प्रभावित भएको छ भने यातायातका साधानहरुको आवत जावत बन्द भएपछि यात्रुहरु भने यातायात छोडेर पैदल यात्रा गर्न बाध्य भएका छन् ।

वर्षा भएपछि यहाँका कृषकहरुले आफ्नो खेतबारीमा लगाएका गहुँ र आलुबाली सप्रिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार