होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खप्तडमा छैठौ पटक हिमपात
देश/प्रदेश

खप्तडमा छैठौ पटक हिमपात

  • नागरिक रैबार
खप्तडमा छैठौ पटक हिमपात

बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात सुरु भएको छ। यो सहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ।

गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ।

विज्ञापन

खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि