होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ असार, काठमाडौं । सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले राहत […]
भोजपुर :अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो। घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु […]
काठमाडौं, २६ असार । सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका […]
२४ असार, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका […]
डडेल्धुरा, असार २२ । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आइतबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। घाइते १३ जना मध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरास्थित डडेल्धुरा […]
काठमाडौं : परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि […]
अछाम : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ […]
लम्की –विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका पार्टीका कार्यकर्ताले कैलालीको लम्कीचुहा नगरपालिकाका कर्मचारी लाई कार्यकक्षमै थुनिदिएका छन। शनिबार साझ कार्यलयमा उनीहरुलाई काम गरिएको अवस्थामै थुनिदिएका हुन। विप्लव नेतृत्व नेकपा एरिया न. ३ सेक्रेटरी प्रदीपले त्यहाँको स्थानिय रेडियो लम्की एफ.एमलाई दिएको जानकारी दिएको छ । प्रदिपकाअनुसार अनुसार शनिबार साझ ८ : ३० बजे उनीहरु थुनिएका हुन। सरकारले विप्लव […]
बझाङ, २२ असार । बझाङमा सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानीयले निर्माणाधीन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल […]
लण्डन : संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् । जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
काठमाडौं : शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।अन्नपुर्ण पोष्टबाट
काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय […]
काठमाडौं, आज पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको […]
हुम्ला –राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुर्याईएका १२ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो । गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुर्याईएका […]
काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले स्थानीय तहमा पद पूर्तिका लागि गरेको विज्ञापन रोक्ने निर्देशन दिएको विषयलाई लिएर समितिभित्रै मतभेद छ। समितिमा दुई तिहाई बढी सदस्य निर्देशनको पक्षमा छन् भने सत्तारुढ नेकपाका सांसद विजय सुब्बा यसको विपक्षमा छन्। समितिको निर्देशन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि टेरेन। यो […]
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले यस प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध-बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका […]
अनिल शाही/बाजुरा १७ असार। जिल्लाको जगन्नाथ गाउँपालिकामा सोमबारबाट नमस्ते टेलिफोनको टावर सुचारु भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । २१औँ शताब्दीमा समेत सञ्चारको दुनियाँबाट विमुख भएका जगन्नाथ गाउँपालिकाका जनता टावर सुचारु भएसँगै सहज रूपमा सञ्चारमा जोडिएका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र नेपाल दूर सञ्चार प्राविधिकरणको सहयोगमा विगत तीन वर्षदेखि निर्माणाधीन रहेको […]
काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र […]
चालु आर्थिक वर्ष सकिन १८ दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मातहतका विकासे अड्डाहरुलाई असारे विकासको चटारो लागेको छ। आर्थिक वर्षको ११ महिना सम्म न्यनु प्रगती गरेका प्रदेश र स्थानीय सरकारलाई असारे विकासको चटारो लागेको हो। असार लागे यता प्रदेश सरकारले दैनिक पाँच देखि ७ करोडका दरले खर्च गरिरहेको छ […]