होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक
समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • नागरिक रैबार
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

२४ असार, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका कामका विषयमा छलफल भइरहेको छ । यो आकस्मिक नभएर हिजोकै निरन्तरता हो ।’

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

विज्ञापन

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्‍यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्‍यो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए । पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित बनिरहेको छ । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार