होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवतीको हत्यापछि जलविद्युत आयोजनामा तोडफोड
समाचार

युवतीको हत्यापछि जलविद्युत आयोजनामा तोडफोड

  • नागरिक रैबार
युवतीको हत्यापछि जलविद्युत आयोजनामा तोडफोड

बझाङ, २२ असार । बझाङमा सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानीयले निर्माणाधीन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो ।

डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधव बोहराले हत्या स्वीकार गरिसकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए । स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानैदेखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए । भीड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल बुङ्गलतर्फ परिचालन गरिएको भए पनि अराजक भीड

नियन्त्रणमा नआएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।
उत्तेजक भीडले रनलेकमा रहेको मुख्य क्याम्प र कार्यालय, विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षति पु¥याएको उनको भनाइ छ । १५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए । प्रदर्शनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन ।

विज्ञापन

उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए । स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरुमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ । आफ्नै छोरीको मृत्यूको विषयलाई लिएर आन्दोलन भैरहेको भए पनि यस विषयमा कुनै जानकारी नभएको मृतकका बुबा कलकबहादुर धामीले बताए । साभार पश्चिम टुडेबाट 
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार