होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकार र विकासे अड्डालाई असारे विकासको चटारो : १२ दिनमा ८० करोड खर्च
समाचार

सुदूरपश्चिम सरकार र विकासे अड्डालाई असारे विकासको चटारो : १२ दिनमा ८० करोड खर्च

  • नागरिक रैबार
सुदूरपश्चिम सरकार र विकासे अड्डालाई असारे विकासको चटारो : १२ दिनमा ८० करोड खर्च

चालु आर्थिक वर्ष सकिन १८ दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मातहतका विकासे अड्डाहरुलाई असारे विकासको चटारो लागेको छ। आर्थिक वर्षको ११ महिना सम्म न्यनु प्रगती गरेका प्रदेश र स्थानीय सरकारलाई असारे विकासको चटारो लागेको हो। असार लागे यता प्रदेश सरकारले दैनिक पाँच देखि ७ करोडका दरले खर्च गरिरहेको छ भने अन्य विकासे अड्डाहरुले पनि सोही हाराहारीमा विकास बजेट खर्च गरिरहेका छन्।

संघियता आएपछि असारे विकासको परिपाटी भंग हुने आशा गरिएपनि सुदूरपश्चिममा भने असारे विकाले निरन्तरता पाएको हो। आर्थिक वर्षका ११ महिना सम्म न्युन प्रगती गरेका प्रदेश सरकार, स्थानीय सरकार र विकासे अड्डाहरुलाई बजेट खर्च गर्ने चटारो लागेको हो। चालु वर्षका लागि विनीयोजित कुल २५ अर्ब मध्ये १२ अर्ब ३७ करोड विकास बजेट रहेको सुदूरपश्चिम प्रदेश सरकारले असार ११ गते सम्म झण्डै आधा अर्ब बजेट खर्च गरेको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जेठ मसान्त सम्म तीन अर्ब १९ लाख मात्र खर्च गरेको प्रदेश सरकारले ११ दिनको अवधीमा झण्डै आधा अर्ब अथात् ४७ करोड १३ लाख बजेट खर्च गरेको छ। जुन तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले अहिले दैनिक चार करोड ४१ लाखका दरले बजेट खर्च गरिरहेको छ।

विज्ञापन

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकरी यज्ञराज पाण्डेले औसतमा दैनिक साढे चार देखि पाँच करोड खर्च भईरहेको बताए। प्रदेश सरकारले जेठ मसान्त सम्म २३ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेकोमा ११ दिनमा आधा अर्ब बजेट खर्च भएपछि २७ प्रतिशत आर्थिक प्रगती भएको छ। यसअघि गत जेठमा पनि प्रदेश सरकारले १८ दिनमा ४९ करोड बजेट खर्च गरेको थियो।

प्रदेश सरकारले झै गरी कैलालीका स्थानीय सरकार र संघिय सरकार मातहत रहेका अन्य विकासे अड्डाहरुलाई पनि असारे विकासको चटारो लागेको छ। कैलालीमा  ६ अर्ब १५ करोड ८५ लाख विकास बजेट रहेकोमा हाल सम्म ५६ प्रतिशत बजेट खर्च भएको छ भने असार महिनाको १३ दिनमा मात्र ३० करोड बढि बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

उक्त तथ्यांङलाई औसतमा हेर्दा कैलालीमा दैनिक साढे २ करोड बजेट खर्च भइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीमा प्रमुख कोष नियन्त्रणक लक्ष्मीदत्त जोशीले बताए।  संघियता आएपछि वर्षको सुरुबाटै विकास निर्माणका कामले तिव्रता पाएर असारे विकासको परिपाटी हट्ने विश्वास गरिएपनि अहिले पनि असारे विकासले निरन्तरता पाएको छ।  दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार