होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालगृहबाट १२ बालबालिकाको उद्धार
समाचार

बालगृहबाट १२ बालबालिकाको उद्धार

  • नागरिक रैबार
बालगृहबाट १२ बालबालिकाको उद्धार

हुम्ला –राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुर्याईएका १२ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो । गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुर्याईएका बालबालिकाहरु नाजुक अवस्थामा डेढ महिना अगाडी उद्धार गरि आफ्नै होममा राखेर उपचार गरि हाल आएर काठमाडौँबाट फिर्ता ल्याएर अविभावकको जिम्मा लगाएको साझा सवाल लागि साझा मञ्चका कार्यक्रम संयोजक बासु फुँयालले बताए।

गैरकानुनी रूपमा सञ्चालित बुढानीलकण्ठ–९ सुकेधार स्थित ऐश्वर्य बालगृहबाट उद्धार गरिएका हुम्ला ८२ जना बालबालिका मध्ये १२ जनालाई प्रमुख जिल्ला अधिकारीको रोहबरमा अभिभाबककोे जिम्मा लगाईएको छ । केन्द्रिय बाल कल्याण समिति, बालबालिका खोज तलास केन्द्र र जिल्ला प्रशासन कार्यालय काठमाडौको सहयोगमा गएको जेष्ठ १ गते उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकालाई अल्पकालन संरक्षण तथा पारिवारिक पुर्नमिलन गराउने ९ वटा संस्थालाई जिम्मा लगाएको थियो । जेठ एक गतेदेखि असार १७ गतेसम्म आफ्नै होममा राखेर असार १८ गते नेपालगञ्ज र १९ गते हवाईजहाजबाट हुम्ला ल्याएर १२ जना बालबालिकालाई शैक्षिक सामाग्रीसहित प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल मार्फत अविभावकको जिम्मा लगाएको कार्यक्रम संयोजक फुँयालले बताए ।

अब यसरी प्रलोभनमा परी आफ्ना बालबालिकाहरुलाई जिल्ला बाहिर नपठाउन प्रजिअ ढकालले आग्रह गरेका छन् । यसअघि पनि सोही बाल गृहबाट उद्धार गरिएका २४ जनामा १८ जना बालबालिकाहरुको हिमाली नविन समाजले काठमाडौँबाट हुम्ला ल्याएर अविभावकको जिम्मा लगाएको थियो । यो सहित २० जना बालबालीकालाई काठमाडौँबाट फिर्ता ल्याएर अविभावकको जिम्मा लगाएको छ । बुधबार मात्र भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा संचालीत सौडल महिला समाज संस्थाबाट केन्द्रिय बाल कल्याण समितिको अगुवाइमा ९ जना बालबालीकाको उद्धार गरीएकोमा ९ जना नै हुम्लाको रहेको संयोजक फुयालले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार