होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
समाचार

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • नागरिक रैबार
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, आज पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको बताउनुभयो । मध्य र पूर्वी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । विशेषगरी दिउँसो मौसम बदली अझ सक्रिय हुने पूर्वानुमान गरिएको छ ।

काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ ।

विज्ञापन

मौसमविद् राजु प्रधानाङ्गाले गत वर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार