होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी
समाचार

प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी

  • नागरिक रैबार
प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी

काठमाडौं, २६ असार । सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ ।

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् । काठमाडौ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो ।

प्रतिबन्धयताको अवधिमा दुई प्रहरीसहित ९ जना घाइते छन् । नेकपा संसदीय दलको चैत ११ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द समूहलाई सरकारले निस्तेज पारिसक्ने दाबी गरेका थिए । प्रधानमन्त्रीको यस्तो दाबीपछिका चार महिनामा पटकपटक चन्द समूह र प्रहरीबीच देशका विभिन्न स्थानमा भिडन्तको अवस्था सिर्जना भएको देखिन्छ ।
फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि उक्त समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालन गरिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभर चन्द समूहका नेता तथा कार्यकर्ता पक्राउ तीव्र पारेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार