होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
नागरिक रैबार/ बाजुरा १६ पुस ।गौमुल गाउँपालिकामा बृहत कृषि मेला प्रर्दशनी गरिएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकहरुलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले बुधबार बृहत कृषि मेला प्रर्दशनीको आयोजना गरिएको हो । मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो कृषि मेला प्रदर्शनीमा विभिन्न जातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी […]
नागरिक रैबार/ बाजुरा १६ पुस । सुदूर तथा मध्येपश्चिमेलीहरुले मनाउँदै आएको पुस १५ र अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नागरिक सेवा सरोकार मंचले विपन्न परिवारका २० जना वालवालिकालाई चिसो छल्नका लागि न्यानो लुगा उपहार स्वरुप प्रदान गरेको छ । नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीले हलिया र अन्य दलित वर्गका बालबालिकाहरुका लागि न्यानो […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को अवसरमा सरकारी निकाय दिपावली गर्न आव्हान गरेको छ। सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले मंगलबार र बुधबार सबै सरकारी निकायमा दिपावली गर्न निर्देशन दिएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको […]
महेन्द्रनगर- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ परेका छन्। महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो। मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर […]
काठमाडौं : तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ । पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान […]
नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका विप्लव समुहका केन्द्रीय सदस्य चुणामणी ओलीले गृहमन्त्री राम बहादुर थापालाई अपराधी भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकारहरुले चुणामणी ओलीलाइ भेट्ने क्रममा उक्त कुरा बताएका हुन बाजुराको गौमुल गाउँपालिका ३ माँझपालीबाट कार्तिक २२ गते शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल […]
नागरिक रैबार/ बाजुरा ९ पुस । बाजुरामा आजबाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुस औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा लगायत सुदूरपश्चिका विभिन्न जिल्लाहरुमा खेलिने दशैँ पछिको दासो्र ठुलो पर्वका रुपमा मनाइन्छ । त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । दमाहबाजाका साथ […]
नागरिक रैबार/बाजुरा ८ पुस । शिकार खेल्ने क्रममा बन्दुक पड्किदा एक जना गम्भीर घाईते भएका छन् । जंगलमा शिकार खेल्न गएको वेला दाईले बाकेको बन्दुक पड्कििदा भाई गम्भीर घाईते भएका हुन । घाईते हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. ८ का ३० बर्षिया सुरेन्द्र गिरी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धव सिंह […]
नागरिक रैबार/बाजुरा ८ पुस । कान्छो छोरो रत्ने र बुहारी घुघुरीको खै, के सानोतिनो घरमा टाक्कटुक्क भएको थियो, थाहै भएन् । छोराबुहारी दुई जनाको झगडा खासै ख्याल गर्ने कुरापनि भएन्,मैले । माघका महिना मेला गाउँका सरी वि.कले बुहारीलाई माटीखान बलत्कार गर्याे भनी दुई जना झगडीँदा गाउँणो नापा गाँईगुई सुन्याँ छिँया । बाँस, त्यत्ति हो । […]
रमित वि.क/ बाजुरा ७ पुस । सवारी दुर्घटना न्युनीकरण गर्न बाजुरामा चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्छन् भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो । सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका […]
रमित विक/ बाजुरा ६ पुस । गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने […]
दलित समुदायबाट नेपालमै पहिलो महिला जिल्ला न्यायाधीशको ओहोदामा पुग्न सफल मनकुमारी जीएम विकको भनाइ हो यो । सङ्घर्षका निकै खुड्किला पार गर्दै उनी यो स्थानसम्म आइपुगेकी हुन् । उनले प्रदेश ५ को बाँके जिल्ला अदालतमा न्यायाधीशको भूमिका पाएकी छन् । कञ्चनपुरको तत्कालीन कालिका गाउँपालिका–१ अंशुवर्मा टोलमा पिता बलबहादुर विक र माता गीतादेवी विकको कोखबाट २०३४ […]
कैलालीमा घरको छत ढलान गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ। शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पुरुषोतम जोशीको घरको छत ढलान गर्ने क्रममा खसेर घाईते भएका कैलारी गाउँपालिका १ का २२ वर्षीय बालकृष्ण कठरीया्को मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छतबाट खसेर गम्भीर घाईते भएका […]
पुस ४, चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी […]
४ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । ४ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । हेर्नुहोस् सूची
काठमाडौं : प्रतिनिधिसभाका नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले हिउँदे अधिवेशनको दोस्रो बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। बैठकले शुक्रबारको संसद बैठकको कार्यसूची पारित गर्दै नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते दिउँसो १ बजे […]
बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका […]
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ। करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन। खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन। समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न […]
उदयपुर : उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ :१५ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको हो । भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई […]