होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषकलाइ आधुनिक कृषि पेशाप्रती प्रोत्साहन गर्न गाैमुलमा मेला प्रर्दशनी
समाचार

कृषकलाइ आधुनिक कृषि पेशाप्रती प्रोत्साहन गर्न गाैमुलमा मेला प्रर्दशनी

  • नागरिक रैबार
कृषकलाइ आधुनिक कृषि पेशाप्रती प्रोत्साहन गर्न गाैमुलमा मेला प्रर्दशनी

नागरिक रैबार/ बाजुरा १६ पुस ।गौमुल गाउँपालिकामा बृहत कृषि मेला प्रर्दशनी गरिएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकहरुलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले बुधबार बृहत कृषि मेला प्रर्दशनीको आयोजना गरिएको हो ।
मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो कृषि मेला प्रदर्शनीमा विभिन्न जातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, लगायतको कृषि स्टल राखिएको उत्पादनहरुलाई मूल्याङ्कनका साथ प्रथम द्वितीय र तृतीय गरी छुट्याईएको थियो ।
मेलामा स्टलहरुको गाउँपलिकाका अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सिता थापा लगायत गाउँपालिका भित्रका स्थानिय कृषकहरु र मेलामा सहभागीले अनुगमन गरेका थिए ।

स्टलहरु अवलोकनपछी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकायाले स्थानिय कृषकहरुलाई कुरा गरेर समय बर्वाद गर्नुभन्दा पनि आफु नै परिश्रमी भई कृषि उत्पादनबाट सहजै आर्थिक लाभ लिन आग्रह गर्नुभएको छ ।
अहिलेको समयमा प्रायजसो मानिसहरु कृषि पेशामा अग्रसर नदेखाउने भएकाले आर्थिक अभाव हुने गरेको र सबैले विभिन्न आधुनिक तरिकाले कृषिखेती गरी आर्थिक रुपमा अब्बल हुन पनि आग्रह गर्नुभयो ।

त्यस्तै उपाअध्यक्ष सिता थापाले बिशेष गरी महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनाले पनि हिंसामा पर्ने गरेकाले आफ्नै बारीमा अगार्निक कृषि खेती गरी आर्थिक रुपमा सवल बन्न आग्रह गर्नुभयोको छ ।

विज्ञापन

कार्यक्रममा गाउँपलिकाका ६ वटै वडाका कृषक समुह, महिला मन्चका महिला तथा कृषकले कृषि सम्बन्धि सचेतनामुलक देउडा गित र महिलाका लागि चम्चा दौड र टफी दौड कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कृषि मेला पर्दशनी कार्यक्रममा वडा नं २ तल्लोदुगनका कृषक गोरख बहादुर रोकाया उत्कृष्ट कृषक बन्नु भएकाेमा गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले ५ हजार नगद सहित सम्मान गर्नुभएको छ ।

भने कार्यक्रममा सहभागि सम्पुर्ण कृर्षकलाई प्रसंसा पत्र सहित सम्मान गरिएको गाउँपलिकाले जनाएको छ । गाउँपािलकाका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्थानिय कृषक लगायत ५ सय बढीको सहभागिता रहेको थियो कार्यक्रमको संचालन कृषि शाखाका प्राविधिक रमेश विकले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार