होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा भुवा पर्व सुरु
समाचार

बाजुरामा भुवा पर्व सुरु

  • नागरिक रैबार
बाजुरामा भुवा पर्व सुरु

नागरिक रैबार/ बाजुरा ९ पुस । बाजुरामा आजबाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुस औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा लगायत सुदूरपश्चिका विभिन्न जिल्लाहरुमा खेलिने दशैँ पछिको दासो्र ठुलो पर्वका रुपमा मनाइन्छ । त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ ।

दमाहबाजाका साथ खिलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम,डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । दसैँपछिको दोस्रो ठूलो चाडँका रुपमा मनाइने भुवा पर्वमा पुरुषहरुले हातमा तरबार र खुकुरी प्रदर्शन गरी चाली खेलेर मनाइने परम्परा छ । भुवा पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर दमाहका तालमा गीत गाउने गरिन्छ ।

संसकृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिन सम्म मनाईन्छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने,बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो ।

विज्ञापन

बाजुराका गाउँपालिका तथा नगरपालिकाका विभिन्न ठाउँमा रमाईलो गरी यो पर्व मनाउने गर्दछन् । जिल्लाका मार्तडी,जुगाडा,पाण्डुसेन,बम्रतोला,कैलाशमाडौ,कुल्देवमाण्डौँ दहकोट,मानाकोट,सटेडा,टाडाकोट लगायतका ठाउँमा यो पर्व विषेशरुपमा मनाईन्छ । रातभरी आगोको मुढा सल्काएर देउडा, भारीखेल,भोस्सो लगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ ।

यस पर्वमा ब्रमतोलामा हरिनु खेल्ने चलन छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ,चितल,हरिण बनाई बाजागाजाका साथ घुमाउने र रमाईलो गर्ने चलन छ । अर्को विशेषता पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएकोले राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरेको वृद्धवृद्धाकाहरुको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार