होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले भने बादल गृहमन्त्री होइनन् अपराधी हुन्
समाचार

ओलीले भने बादल गृहमन्त्री होइनन् अपराधी हुन्

  • नागरिक रैबार
ओलीले भने बादल गृहमन्त्री होइनन् अपराधी हुन्

नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका विप्लव समुहका केन्द्रीय सदस्य चुणामणी ओलीले गृहमन्त्री राम बहादुर थापालाई अपराधी भएको आरोप लगाएका छन् ।  जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकारहरुले चुणामणी ओलीलाइ भेट्ने क्रममा  उक्त कुरा बताएका हुन

बाजुराको गौमुल गाउँपालिका ३ माँझपालीबाट कार्तिक २२ गते शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुणामणी ओलीसहित १६ जना कार्यकर्ता पक्राउ परेका थिए ।

यतिवेला ओलीको नेतृत्वसंगै १६ जना प्रहरी हिरासतमा रहँदा निकै सास्थी भोगको कुरा बताउँदै ओलीले पहिले बादल र म संगै जनताको वलिदानीका लागि एउटै मैदानबाट रगत बगाएको हो । अहिले कुर्चीको मोहले मात्तीएका रामबहादुर थापा बादलले आफूमाथि निकै निर्मम व्यवहार गरेको आरोप लगाएका छन् ।

विज्ञापन

बादलले बुझ्नु पर्छ कि पर्दैन् ? देश र जनताका लागि स्वयम् मेरो भाइ सहिद भएको छ । उसले चाहीँ गणतन्त्र ल्याईसकेपछि कुर्सीमा बस्ने ? बादल अपराधी हो । गृहमन्त्री होईन् । गणतन्त्रको यही हो मक्सद् डिएसपीलाई अराएर कुट्न लगाउँने हामीलाई ।

देश र जनताका लागि रगत बगाउँनेलाई हिरासतमा ल्याएर कुट्ने ? कहाँ लेखेको छ, नेपाल सरकारले ? हिरासतमा ल्याई सकेपछि निर्मम यातना दिने ? यस्तोपनि हुन्छ ? हामी मान्छे होईनौँ ? यो सरासर गलत हो । कानुनमा यही लेख्या छ । को हुन्, यी डिएसपी ? को हुन् रामे ? कानुनु विपरित कार्य गर्ने ? सब नेपाल सरकारको कुर्सीमा बसेर अपराध गर्ने अपराधी हुन् ।
फेरि ओली आक्रान्त हुँदै यसो भन्नु भयो – हामी मरे भने त ठीक छ ।

यदी बाँच्यो भने बादलको कर्ची रहँदैन् । तिनीहरुलाई हेर्छौ नि हामीपनि चुप लागेर बस्दैनौँ । जनता उतारेर लखेट्छौँ । भाइछोरालाई हामी भन्छौ नि ! रक्सी खाएर कुट्ने सबै प्रहरीलगाएत डिएसपीलाई चिनेका छौँ । कहाँ कुन ठाउँका हुन् ? सव हिसाव किताव छ नि हामीसंग ।

१६ वर्षको कलिलो भाइलाई घुणा फुट्ने गरि कुटेर व्येहाल पारेको छ । मलाई कार्यकर्तालाई सिकाउने भनेर मानसिक यातना दिएको छ । लाईन लगाएर सबैलाई लठ्ठीले सापसंग कुटेको ओलीले बताउँनु भएको छ ।
भाग्यो भनेर गोली हानी मार्छु । महिलाहरुलाई कुट्ने । आफै खट्ने ? के यही नेपालको शासन ? यतिका दिनसम्म न कोही वकिललाई भेट्न दिन्छन् न कोही मानव अधिकारकर्मीलाई भेट्न दिन्छन् । सूचनाको हक छैन्, हामीलाई ? हामी मान्छे होईनौँ । नेपाली होईनौँ ? डिएसपीले हिरासतमा ल्याई सकेपछि क्रुरुर व्यवहार गरेको आरोप ओलीको आरोप छ ।

यहाँ चुणामणी ओलीले कुनै व्यक्तिको कुरा गरेको छैन् । यो केपी र प्रचण्डको कुरा हो । देश र जनताको कुरा हो । यहाँ कुनै डिएसपीको कुरा होईन् । पुलिस यहीँको तपाई हाम्रै भाइछोरा हुन् । तर, कुरा बुझ्नुपर्छ । ज्यान दिन कुनै डर छैन् । बरु हिउँमा सुताउँ मतलव छैन् । हाम्रो ज्यानकाे कुनै प्रवाह छैन् ।

तर, यता बाजुराका डिएसपी उद्धवसिंह भाटले भने नियन्त्रणमा ल्याउँदा पुलिसले केही केरकार गर्यो होला । हिरासतमा चुणामणी भाइले भने जसो होईन् । चुणामणी ओलीले त तपाईले निर्मम यातना दियो भन्नु हुन्छ नि ? भन्ने पत्रकारको पश्नको जवाफमा उहाँले यसो भन्नु भयो । के ओली मेरो अथिति हो र ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार