होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • गौमुल गाउँपालिकामा बैंक सञ्चालन
गौमुल

गौमुल गाउँपालिकामा बैंक सञ्चालन

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा बैंक सञ्चालन

रमित विक/ बाजुरा ६ पुस । गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने सफल भएको बताउँदै बैंककै कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको बताउनुभएको छ ।

बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी,उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउन सहज हुने उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । शाखा विस्तारले आफुहरुका कामकाजहरु छिटो र सहज रुपमा हुने स्थानीय तिलक विकले बताएका छन् । बैंकले आगामी दिनहरुमा थप सेवाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको शाखा प्रमुख नरेन्द्र सिंह साउँदले बताउनुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार