होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ
Breaking News

महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ

  • नागरिक रैबार
महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ

महेन्द्रनगर- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ परेका छन्। महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो।

मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले डान्सबारमा विवाद भएको खबर पछि प्रहरी टोली त्यहाँ पुगेको बताए।

प्रहरी नायब उपरिक्षक चन्दले मदिरा सेवन गरेर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधीमा संलग्न भएका मेयर धामी सहितको समुहलाई सम्झाईबुझाई छोडिएको बताए। ‘उहाँलाई हामीले पक्राउ गरेको होईन्’,  प्रवक्ता चन्दले भने, ‘मदिरा सेवन गरेर विवाद गरेपछि सम्झाई बुझाई गरेका हौँ।’

तर प्रहरीले मेयर धामीलाई कुनै कारवाही भने गरेको छैन्। डान्स बारमा गएर होहल्ला तथा विवाद गरेको विषयमा मेयर धामीकोे ९८५८७५०४८६ नम्बरमा सम्पर्क हुन सकेन। कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार