होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]
काठमाडौं, भदौ १२ । आज देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको […]
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
काठमाडौँ, ११ भदौ: विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले […]
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जनाएको छ । महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित […]
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरुले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोटो खिचाउनेहरुले पनि पहिले नयाँ पार्टी गठनका लागि उक्साएको बताएका छन् । “अहिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला,” नेता गंगालाल तुलाधरले भने, “पार्टी गठन गर्न उक्साउने उहाँहरु नै हो । अहिले धोका दिनुभयो । निर्वाचन […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ । ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र […]
नागरिक रैबार बाजुरा ७ भदौ । नेकपा एमाले विभाजनसँगै माधव नेपालको कमाण्डमा नेकपा (एकिकृत समाजवादी ) पार्टी निर्माण गर्ने गरि हालसम्म माधव नेपाल समूहमा खुलेका ५८ जना केन्द्रीय सदस्यहरु छन् । सूची यस्तो छ– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, […]
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् । उनका अनुसार नेपाली सेना […]
३ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीलाई निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिएसँगै नेकपा एमाले विभाजनले वैधानिकता पाउनेछ । पूर्वप्रधानमन्त्री एवम् बरिष्ठ नेता नेपालले आफ्नै नेतृत्वमा ९५ जनाको नामसहित दल दर्ताको निवेदन दिएर विभाजनको वैधानिक प्रक्रिया अगाडि बढाएका छन् । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण भएकै दिन, नेकपा एमाले (समाजवादी) दर्ताका लागि […]
२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुँ भनेर जे भन्नुभएको थियो, […]
१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले […]
१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]
गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]