होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विनाेद बाजुरालीको क्या दामी मार्तडी बजार बाेलकाे गीत बिमोचन
समाचार

विनाेद बाजुरालीको क्या दामी मार्तडी बजार बाेलकाे गीत बिमोचन

  • नागरिक रैबार
विनाेद बाजुरालीको क्या दामी मार्तडी बजार बाेलकाे गीत बिमोचन

मिन बहादुर खड्का बाजुरा : गायक तथा चर्चित एरेन्जर बिनोद बाजुरालीको क्या दामी मार्तडी बजार नामक गीत बिमोचन गरिएको छ । एक औंपचारिक कार्यक्रमका बीच बडीमालिकाको सभाहलमा उक्त गीतको विमोचन गरिएको छ । गायक बाजुरालीको आवाजमा रहेको उक्त गीतको लय शब्द, एरेन्ज पनि उनको आफ्नै रहेको छ । गीतमा निर्देशन पनि उनले आफै गरेका छन् । अभिनय, निशान्त रोकाया, राजेश पायल, लगायतले सामुहिक टिमले गरेका छन् ।

गीतको छायांकन, जहित बुढाले गरेका छन् । गीत बुधबार खप्तड युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा मार्तडीको पहिचानलाई झल्काइएको छ । पहिलाको मार्तडी र हालको मार्तडीलाई गीतको छायांकन मार्फत देखाउन खोजिएको छ ।

एक औंपचारिक कार्यक्रमका बीच गरिएको गीत विमोचन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको थियो कार्यक्रममा प्रमुख अथिती बडीमाइका नगरपालिकाकी उपप्रमुख नन्दा थापा रहनु भएको थियो । कार्यक्रममा अथिती बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष एवम् नगर प्रभक्ता धर्मराज पाध्याया, लगायत कलाकार संग आवद्ध संघ संगठनका प्रमुख एवम् प्रतिनिधि, गीतको सिङ्गो टिम लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन

कार्यक्रममा सहभागीले गीतले चर्चा पाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए । बाजुराका कलाकारहरुको बाजुराको कला सँस्कृतिको जगेर्नाका लागि उल्लेखनीय योगदान पुर्याएको बताउदै ती कलाकारहरु मध्यको एक व्यक्ति बिनोद बाजुराली पनि रहेको बताउदै आगामी दिनमा पनि गीत संगीतका क्षेत्रमा प्रगतिको कामना गरेका थिए ।

बिनोद बाजुराली र गीत संगीत नेपाली गीत संगीत क्षेत्रका प्रायबाची जस्तै हुन् भन्दै गायक बाजुरालीको प्रसंशा समेत कार्यक्रममा बोल्ने वक्ताहरुले गरेका थिए । गीत संगीतका माध्यमबाट बाजुराको मात्रै नभैइ सिङ्गो देशको पहिचान बन्न सफल भएको वक्ताहरुको भनाई थियो । बाजुरालीको यो गीत बुधबार खप्तड डिजिटल युट्युबबाट सार्वजनिक भएको छ । आज मात्रै सार्वजनिक भएको गीतको एक औंपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको छ । गत श्रावण १ गतेबाट निरन्तर सुदूर साहित्य प्रतिष्ठान बाजुराले प्रत्येक महिमाको १ गते र १५ गते नियमित लाइभ देउडा सञ्चालन गर्दै आएको छ । यो नियमित लाइभ देउडाले निरन्तरता पाएको छ ।

देउडा गीतको संरक्षणका लागि यो कार्यक्रमको सुरुवात गरिएको प्रतिष्ठानको दाबी छ । यहीँ अवसरमा आज गीतको विमोचन गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताउनुभएको छ । कार्यक्रमकि प्रमुख अथिती बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले सुदूर साहित्य प्रतिष्ठान बाजुराले सुरु गरेको नियमित लाइभ देउडा कार्यक्रमले हराउँदै गएको देउडा सँस्कृती संरक्षण, नयाँ पुस्तालाई कलाकारिता क्षेत्र तर्फ अभिप्रेरित गर्न, नयाँ पुस्ताको लाइभ देउडामा आकर्षण बढाउन सहयोग पुग्ने भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

स्थानीय कला सँस्कृतिको संरक्षण, नयाँ कलाका उत्पादन र कलाकारिता क्षेत्रको विकासका लागि स्थानीय सरकार लगानी गर्न तयार रहेको बताउनुभयो । नगरपालिकाले संगीत प्रशिक्षक नै राखेर अगाडि बढिरहेको र थप कालाकारहरु संग आवद्ध संघ संगठन संग समन्वय गरेर थप लगानी गर्न तयार रहेको बताउनु भयो ।

गायक बाजुरालीका क्या राम्रो बाजुरा जिल्ला , घर मेरो प्रदेश न . ७, १० बज्या राती लगायतका दर्जनौं बढी गीतहरूले चर्चा पाएका छन् । बाजुरालीले हजारौं गीतहरूमा एरेन्ज गरेका छन् ।

बडीमालिका नगरपालिका वडा न. ९ मा जन्मिएर आफ्नो जीवन नेपाली गीत संगीत क्षत्रमा बेतित गरेका बाजुराली एक चर्चित एरेन्जर हुन् । बिधिन्न बिधाका गीतहरुमा उनले एरेन्ज गर्दै आएका छन् । मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चालक समेत रहेका बाजुरालीको नेपाली गीत संगीत प्रती गरेको योगदानको जतिसुकै प्रसंशा गरेपनि कमै हुने उनका समर्थकहरु बताउन्छन् ।

उनले आफु जस्तै धेरै कालाकारहरु उत्पादन गर्न समेत सफल भएका छन् । सुदूरपश्चिमएली कला सस्कृतिको जगेर्ना गर्नमा उल्लेख योगदान पुर्याएका उनी कलाकारहरुको संगठित सस्था जनसास्कृतिक महासंघको  नेतृत्व गर्ने अवसर पाएका छन् । कलाकारहरुको हितका लागि कलाकारिता क्षेत्रको बिकास र मौलिक सस्कृतिको जगेर्नामा टेवा पुर्याउने गरि काम  गर्ने उनले बताएका छन् । आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भए पूरा गर्ने र उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित हुने उनको भनाई छ ।

http://sharevideo1.com/v/TUJmR1pEbHc4Vkk=?t=ytb&f=co

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार