होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • सुदूरपश्चिमकाे एमाले उपाध्यक्षमा बाजुराका शाही निर्विरोध
बाजुरा बिशेष

सुदूरपश्चिमकाे एमाले उपाध्यक्षमा बाजुराका शाही निर्विरोध

  • नागरिक रैबार
सुदूरपश्चिमकाे एमाले उपाध्यक्षमा बाजुराका शाही निर्विरोध

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा,  हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए ।

उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र नजुटे मतदानमा जाने तयारी छ ।  अहिलेसम्म अध्यक्षका प्रत्याशी बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि कृष्ण जैसी र भरत साउदबिच सहमतिको प्रयास भइहरेका छ । साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन् । उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन् । सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ । रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन् ।

विज्ञापन

उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि