होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा,११ जेष्ठ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि घटाउन माग गर्दै नेकपा एमाले बाजुराका भातृसंगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्री परिषद कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार अखिल नेपाल महिला संघ,नेपाल खेलकुद महासंघ, अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराले संयुक्त ध्यानाकर्षण पत्र जारी गरी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत बुझाएको नेपाल खेलकुद महासंघका सचिव […]
नागरिक रैबार/बाजुरा १० जेठ।जिल्ला निर्वाचन कार्यालय बाजुराले स्थानीय तह निर्वाचन सदस्यका लागि आफुले गरेको खर्चको विवरण बुझाउन बाजुराका राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले एक सूचना जारी गर्दै स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सहभागि उम्मेदवारहरुले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको हो । जिल्ला […]
नागरिक रैबार। आईएन एफ नेपाल बाजुराले कोल्टीमा पनि फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस भनाएको छ । प्राथमिक स्वास्थ केन्द्र कोल्टी र फेज नेपालको सहकार्यमा कोल्टीमा सो दिवस मनाईएको हो । दिवसको अवसरमा आईएन एफ नेपालले कोल्टी बजारमा र्याली सहित फिस्टुलाको अन्त्यका लागि भन्दै अभिमुखिकरण गरि सम्पन्न गरेको थियो । दिवसको अवसरमा नागरिकहरुलाई प्रसब फिस्टुलाको बारेमा […]
नागरिक रैबार/बाजुरा १० जेठ। बडीमालिका नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुलाई इसाई समाज बाजुराले सम्मान गरेको छ । ईसाई समाज बाजुराले आज आफ्नो कार्यालयमा बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा लगायत वडा अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे पूर्ण कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो । इसाई […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]
नागरिक रैबार/बाजुरा १० जेठ। बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई दिएको छ । पत्रकारीता पेशालाई राम्रोसंग बुझेका कारण आफुहरु जहिले पनी पत्रकारको हकहितमा रहेर काम गर्ने बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले बताए ।पत्रकारले राम्रा कामको मात्रै नभएर आफुहरुले केहि गलत […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बडीमालिका नगरपालिकाले नगरभित्रका गरिब, बिपन्न नागरिकलाई निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकाको नगरप्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । पत्रकार सम्म्मेलन मार्फत सार्वजनिक गरिएको निर्णय अनुसार नगरपालिकाले नगर भित्रका अति विपन्न, […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिका नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भएका सूर्यकिरण विकले आजबाट वडा अध्यक्षको पदभार ग्रहण गरेका छन् । वडा कार्यालयले आज वडामा एक औपचारिक कार्यक्रम गर्दै नवनिर्वाचित वडा समितिलाई स्वागत र यस अघिको वडा समितिलाई विदाई गरेको छ । भ्रखरै सम्पन्न भएको […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकामा पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट बडीमालिकाको नगरप्रमुखमा निर्वाचित भएका खड्काले नगरप्रमुखको पदभार ग्रहण पश्चात नगर गरेका निर्णयहरु यस्ता छन् । निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी […]
नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ३ सय १९ मत ल्याएर अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। उनका निकटम् प्रतिद्धन्दी नेपाली काँग्रेसका सुन्दर बहादुर विष्टले १ हजार ८ सय ७० मत ल्याएर दोस्रो पटक पराजित भएका छन् । विजयी भएका अध्यक्ष शाही र […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोबिन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अजबहादुर मल्ललाइ पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिष्पर्दा गरेका थिए । यसपटकको निर्वाचनमा समेत साे गाउँपालिकामा नेपाली […]
बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनले ४ हजार ७ सय ६१ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी एमालेका माेतिसिह बुढाले ३ सय ५ सय ८६ मत ल्याएर पराजित भएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसकै कमला कुमारी जैशी(न्याैपाने) विजयी भएकी छन् । उनले ४ हजार ७ सय ४१ मत […]
बुढीन्नदा नगरपालिकामा २ सय मत गन्दा कसको कति ? नेकपा एमाले प्रमुख : ११९ उप-प्रमुख – नेपाली काँग्रेस प्रमुख- ७६ उप-प्रमुख- ४७ स्वतन्त्र स्वतन्त्र उपप्रमुख गुलाफ -९९ वडा अध्यक्ष एमाले- १२० नेपाली काँग्रेस: ६६
नागरिक रैबार। बाजुरा जिल्लाको उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा मतगणना सुरु गरिएको छ । बैशाख ३० गते भएको स्थानीय निर्बाचन वडा नम्बर ८ मा धादली भएपछि मतदान स्थगित गरिएको थियो । नेपाली काँग्रेश र नेकपा एमालेका कार्यक्रता बिच दोहोरो झडप पछि मतदाताले स्वच्छ मर्यादित मयरहित बाताबरणमा मतदान गर्न नपाउने र मतदातालाई र मतदानमा खटिएका कर्मचारीहरुको सुरक्षा […]
नागरिक रैबार/बाजुरा ३ जेठ।बडीमालिका नगरपालिकाको मेयरमा एमालेका अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएका छन् । खड्काले ४ हजार १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकि छन् । […]
त्रिवेणी नगरपालिकाको पछिल्लो अप्डेट नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले २७५२ उप प्रमुख माओबादी केन्द्र २३७८ नेपाली काँग्रेस प्रमुख २५०० उप प्रमुख २५५०
त्रिवेणी नगरपालिकाकाे पछिल्लो मतपरिणाम यस्तो छ नेपाली कांग्रेस नगर प्रमुख – २२०८ उप-प्रमुख- २१९१ नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन ) नगर प्रमुख (एमाले) १६७० उप प्रमुख (नेकपा माअाेबादी केन्द्र ) १४०९ राप्रपा उप प्रमुख ३ नेकपा समाजबादी प्रमुख ५ उप प्रमुख ३
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणाम यस्तो छ। एमाले : मेयर: ३२६१ उपमेयर : ३३८४ नेपाली काँग्रेस मेयर : ३१७८ उपमेयर: ३०५६
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ८ काे वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रावललाई ४८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । विजयी बनेका थापाले ५ सय ९६ र पराजित भएका रावलले ५ सय ५० मत ल्याएका छन् । काँग्रेसका रावल यस अघिका […]