होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाकाे मतगणना सूरू गर्न माग गर्दै नेकपा एमालेद्वारा बाजुरामा विराेध प्रदर्शन
समाचार

बुढीगंगाकाे मतगणना सूरू गर्न माग गर्दै नेकपा एमालेद्वारा बाजुरामा विराेध प्रदर्शन

  • नागरिक रैबार
बुढीगंगाकाे मतगणना सूरू गर्न माग गर्दै नेकपा एमालेद्वारा बाजुरामा विराेध प्रदर्शन

नागरिक रैबार /बाजुरा १३ जेठ । बैशाख ३० गते सम्पन्न भएकाे बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्बाचनलाई निर्वाचन आयोगले जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विराेध प्रदर्शन गरेकाे छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्वाचन आयाेगकाे निर्णय प्रति एमालेले बाजुरामा विराेध प्रदर्शन गरेको नेकपा एमाले बाजुराले बताएको छ ।
बुढीगंगा नगरपालिकाका जनताको मतको कदर नगरी सत्ता र शक्तिका भरमा गरेको निर्णय गरेपछि सदरमुकम मार्तडीमा विराेध प्रदर्शन र साफेँ मार्तडी सडक खण्ड शुक्रबार बिहान देखी डाव बजार देखी बल्देसम्म सडक अबरुद्ध गरेका छन् ।
निर्बाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिका भरीको निर्बाचनलाई रद्ध गरेर पुन निर्बाचन गराउन बिज्ञप्ती निकालेको छ । नेपाली काँग्रेले २, ३, ५ र ९ नम्वरमा नेकपा एमालेले बुथ कब्जा गरेको आरोप लगाउदै आएको छन, भने नेपाली काँग्रेशले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप छ । नेकपा एमालेले जनताले गरेको मतदानको कदर गर्दै यथासिघ्र मतगणना हुनुपर्ने माग राख्दै आएकाे । नेपाली काँग्रेशले पुन: निर्बाचनको माग राखेकाे थियाे ।

साफे मार्तडी सडक अबरुद्ध गर्दै दिनेश थपलीया मुर्दाबाद, निर्बाचन आयोग मुर्दाबाद, परमादेशी सरकार मुर्दाबाद, जिल्ला प्रशासन कार्यालयमा मुर्दाबाद नारा सहित सडकमा उत्रेका छन् ।
बुढीगंगा नगरबासीद्धारा डाव बजार, मालिका बजार, मालिका बजार रिठा बजार, बेतालमाण्डौ बजारमा चक्का जाम सुरु गरेका छन् । त्यसै गरी भमक बाजार, बाम्का बजार, फालासेन बाजरा ताँप्रीसेरा बजार र बल्दे बजारमा समेत चक्का जाम गरेका छन् ।

त्यस्तै निर्वाचन आयाेगले बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा सुरक्षा ब्यवस्थामा गम्भीर लापरबाही गरेको भन्दै बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएपी चतुरभुज ओझा र सशस्त्र प्रहरीका प्रमुख डिएसपी दिपक बिष्टलाई तीन दिन भित्र हटाउन निर्णय गरेको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै