होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरीकाबाट ८० हजार आर्थिक सहयोग
Breaking News

बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरीकाबाट ८० हजार आर्थिक सहयोग

  • नागरिक रैबार
बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरीकाबाट ८० हजार आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा १४ जेठ।बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाबाट ८० हजार ५८ रुपैया आर्थिक सहयोग रकम सहयोग गरिएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) द्धारा राजधानी काठमाण्डौंमा जारी सि डिभिजन प्रतियोगीतामा सहभागि भएर खेल प्रर्दशन गरिरहेको बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाको मेरिल्याण्ड राज्यमा अवस्थित सुदूरपश्चिम फुटवल क्लवका खेलाडीहरुले ८० हजार ५८ रुपैयाँ आर्थिक सहयोग गरेको रानिवन स्पोर्ट्स क्लवका सल्लाहकार संयोजक नरेश रोकायाले बताएका छन् ।

उनका अनुसार रानिवन स्पोर्ट्स क्लवलाई बाजुरा घर भई अमेरीकामा कर्मथलो बनाईरहेका सुदूरपश्चिम फुटवल क्लवका खेलाडीहरु यज्ञ बहादुर राना, केदार विक्रम शाही, शुसिल नाथ, नरेन्द्र बुढा, आर्यन शाही, भुपेश शाही, मनलाल जोशी, दिपक पण्डित, विक्रम शाहीले व्यक्तिगत रुपमा आर्थिक रकम संकलन गरेर रानिवन स्पोर्ट्स क्लवलाई सहयोग गरेका हुन् ।

बाजुरादेखि राजधानी सम्मको खेलमा सहभागि भई बाजुरालाई खेल क्षेत्रमा स्थापित गर्दै आएको रानीवन स्पोर्ट्स क्लवलाई सहयोग गरेकोमा सल्लाहकार शाहीले सहयोग गर्ने सवै खेलाडीहरुलाई धन्यवाद दिएका छन् । साथै उनले रानीवन स्पोर्ट्स क्लवलाई संसारको जुनसुकै ठाउँमा जुन पेशामा आवद्ध भएपनि सवै खेलाडीहरुलाई सहयोगको अपेक्षा समेत गरेका छन् ।

विज्ञापन

May be an image of text that says 'Yagya Rana Kedar Shahi Sushil Nath Narendra Budha Aryan Shahi Bhupesh Shahi Manla Joshi Deepak Pandit Bikram Shahi $121 $121 $100 $31 $50 $100 $51 $30 $50 Total $654'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार