होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निणर्यपछि एमालेका कार्यकर्ता आर्कोसित
Breaking News

बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निणर्यपछि एमालेका कार्यकर्ता आर्कोसित

  • नागरिक रैबार
बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निणर्यपछि एमालेका कार्यकर्ता आर्कोसित

नागरिक रैबार/बाजुरा १३ जेठ। निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराका कार्यकर्ताहरु आक्रोसित बनेका छन्। निर्वाचन आयोगले बुढीग‌गा नगरबासीको जनमतको कदर नगरी पुन: मतदान गर्ने निर्णय गरेपछि बुढीग‌गा बासीले त्यसको विरोधमा सडक अवरुद्ध गरेको छ ।

निर्वाचन आयोगले बिहीबार सो नगरपालिकामा चुनाव निष्पक्ष नभएको ठहर गर्दै वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराले आयोगको निणर्य प्रति आपत्ति जनाउँदै सोही नगरपालिकाका हुँदै संचालन भईरहेको साँफे मार्तडीसडक खण्ड अन्तरगतको इकडीगाड देखि बल्दे सम्मको सडक अवरुद्ध गरेको हो ।

शुक्रबार विहान साँफे मार्तडी सडक अन्तरगतको बेतालमाण्डौं, बार्जुगाड, फालासेन, ताँप्रीसेरा र बल्देमा एमालेका कार्यक्रर्ताहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर समेत बालेर निर्वाचन आयोगको पुनः निर्वाचन गर्ने निणर्य प्रति विरोध गरेका हुन् ।

विज्ञापन

बैशाख ३० गतेको मतदानका दिन नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद भएको थियो । २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाइ छ । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।

नेकपा एमालेले बैशाख ३० गते भएको मतदान प्रक्रियालाई नै सदर गरी मतगणना गर्न माग गरेको थियो भने नेपाली काँग्रेसले बैशाख ३० को मतदान प्रक्रिया स्थगित गरि पुनः मतदान गर्न माग गर्दै आएको थियो ।

बुढीग‌गामा पुन मतदान हुने आयोगले निर्णय गरेपछि नेकपा एमाले जिल्ला कमिटी बाजुराले शुक्रबार दिउसो सदरमुकाम मार्तडीमा समेत विरोध र्याली निकाल्ने र पार्टीको सचिवालयको आकस्मिक बैठक बस्ने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार