होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा हुनेछः प्रजिअ अधिकारी
Breaking News

बाजुराको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा हुनेछः प्रजिअ अधिकारी

  • नागरिक रैबार
बाजुराको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा हुनेछः प्रजिअ अधिकारी

नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बाजुरा जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता हुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीको रुपमा २ दिन अघि मात्रै बाजुरा आएका अधिकारीले मंगलबार बाजुराका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।

बाजुरामा रहँदा सम्म यहाँको ‘शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिनेछ प्रजिअ अधिकारीले भने ‘पत्रकारहरुको रचनात्मक सहयोगले नै सरकारी कार्यालयको सुशासन र सेवा प्रवाहलाई नागरिक मैत्रि बनाउन सजिलो हुनेछ ।

विज्ञापन

त्यस्तै प्रजिअ अधिकारीले प्रशासनमा हुने सेवा प्रवाहलाई नागरिक मैत्रि बनाउन कटिवद्ध भएर लाग्ने बताएका थिए । साथै उहाँले जिल्लाका ९ वटै स्थानीय तहसंग समन्वय गरेर यहाँको विकास निर्माणमा निरन्तर खटिने बताएका थिए ।

कार्यक्रममा पत्रकारहरुले जिल्लाको समसामयिक गतिविधिहरु बारे प्रजिअ अधिकारीलाई जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा प्रशासनकै सभाहलमा आयोजना गरिएको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट, त्यस्तै प्रजिअ संगै आएका शसस्त्र प्रहरी नायव उपरिक्षक गंगादत्त पन्त, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापा र जिल्लास्थित विभिन्न संचार माध्यममा कार्यरत संचारकमीहरु सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार