होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस चौतारी बाजुराद्धारा बडीमालिकाका जनप्रतिनिधिलाई सम्मान
समाचार

प्रेस चौतारी बाजुराद्धारा बडीमालिकाका जनप्रतिनिधिलाई सम्मान

  • नागरिक रैबार
प्रेस चौतारी बाजुराद्धारा बडीमालिकाका जनप्रतिनिधिलाई सम्मान

नागरिक रैबार/बाजुरा १७ जेठ।प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

मंगलबार प्रेस चौतारी बाजुरा शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का र उपप्रमुख नन्दा कुमारी थापालाई सफल कार्यकालको शुभकामनासहित बधाई तथा सम्मान गरेको हो ।

प्रेस चौतारीबाटै पत्रकारीता गरेर नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेर सदरमुकाममा रहेको नगरपालिकाको नगरप्रमुखमा खड्का र रेडियो पत्रकारीतासंगै प्रेस चौतारी बाजुराको अध्यक्ष समेत रहेर उपप्रमुखमा निर्वाचित भएकी थापालाई बधाई तथा सम्मान गरेको प्रेस चौतारी बाजुरा शाखाले बताएको छ ।

विज्ञापन

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात प्रेस चौतारी बाजुरा शाखाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख खड्का र उपप्रमुख थापालाई प्रेस चौतारीका उपाध्यक्षद्धय मदन विक र कालिका उपाध्यायले मायाको चिनो प्रदान गरेर बधाई तथा सम्मान गरेका थिए ।

प्रेस चौतारी बाजुराकी अध्यक्ष समेत रहेकी बडीमालिका नगरपालिकाकी उपप्रमुख थापाकै अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बडीमालिकाका नगर प्रमुख खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा बडीमालिका २ का वडा अध्यक्ष डम्बर महत, ५ का अध्यक्ष धर्मपाल मिजार, ६ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा र ९ का अध्यक्ष सुर्यकिरण विकलाई समेत सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

बडीमालिका नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रमको संचालन प्रेस चौतारी बाजुराका सचिव रमित विकले गरेका थिए भने स्वागत मन्तव्य प्रेस चौतारी बाजुराका उपाध्यक्ष मदन विकले गरेका थिए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य बसन्त विश्वकर्मा, प्रदेश अध्यक्ष कृष्ण ओली, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह लगायत प्रेस चौतारी आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार