होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ जेठ. बाजुराको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागी पीडित व्यवासायीहरुका लागि बाजुरा उद्योग वाणिज्य संघले राहत संकलन अभियान चलाउने निर्णय गरेको छ । शनिबार बाजुरा उद्योग वाणिज्य संघमा बसेको आपतकालिन बैठकले बाम्का बजारमा भएको आगलागीबाट पीडित बनेका व्यवासायीहरुका लागि तत्काल राहत तथा पसल व्यवस्थापनका लागि संघ प्रदेश, स्थानीय तह र नेपाल […]
नागरिक रैबार/बाजुरा २४ जेठ। बाजुराको बाम्का बजारमा शुक्रबार लागेको आगलागीबाट करिव ३५ पसलहरु पुरै जलेर नष्ट भएका छन् । आगलागीबाट बाम्का बजारका ३५ पसल र १ मोटर साइकल जलेर नष्ट भएकाे हो । आगलागीबाट ३५ पसलमा करिव ८ करोड बढीको क्षति भएको तथ्याकं लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म बाम्का […]
नागरिक रैबार/बाजुरा २४ जेठ। शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा आगलागी भएपछि नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध भएको छ । बाम्का बजारको नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि साँफे मार्तडी राजमार्ग हुँदै विस्तार गरिएको नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध बनेको हो । आगलागीपछि त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका र सदरमुकामसम्म इन्टरनेट […]
नागरिक रैबार/बाजुरा २४ जेठ । सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे आगलागीबाट पिडित बनेका परिवारलाई भेट्न प्रभावित क्षेत्रमा पुगेका छन् । शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि बाम्का बजारका करिव ४० पसलमा आगलागी भएको थियो । आगलागीबाट प्रभावित बनेका परिवारको राहत तथा उद्धारका साथै आगलागीबाट भएको […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बृहत जानरण सभा बाजुराको सदरमुकाम मार्तडीमा भव्य रुपमा सम्पन भएको छ । जिल्ला दलित नेटवर्क बाजुराको आयोजना, बडीमालिका सामुदायिक विकास समाज बाजुराको सहकार्य र दलितका लागि दलित अभियानको समन्वयमा वृहत जागरणसभा भव्य रुपमा मार्तडीमा सम्पन भएको हो । कार्यक्रमलाई सफल बनाउन मार्तडी बजारमा बाजागाजा सहित नारा जुलुस लगाई बजार परिकर्मा गरि […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुरामा एक थुनुवाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेका एक थुनुवाको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यू भएको हो । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका ४२ वर्षीया जंग बहादुर रावत रहेका छन । श्रीमतिले अभद्र व्यवहारको मुद्धा दायर गरेपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो । बुधबार हिरासतमै […]
नागरिक रैबार/बाजुरा २२ जेठ । सरकारले बाजुराको सदरमुकाम मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बडीमालिका नगरपालिका ८ स्थित मार्तडीको उपरकोटमा रहेको मालिका मन्दिर निर्माणका लागि ४५ लाख बजेट विनियोजन भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभाग मार्फत निर्माण हुने गरी उक्त मन्दिर निर्माणका […]
नागरिक रैबार/बाजुरा २३ बैशाख । दलितका लागी दलित अभियानका संयोजक तथा सामाजिक अभियान्ता खगेन्द्र सुनार बाजुराको कोल्टीमा आईपुगेका छन् । दलित समुदायको हक हितका लागि पहिलोपटक बाजुराको कोल्टीमा आईपुगेका सुनारले भोलि हुने दलित जागरण सभालाई सम्बोधन गर्ने भएका हुन् । मंगलबार जिल्ला सदरमुका मार्तडी हुँदै कोल्टी पुगेका सामाजिक अभियान्ता सुनारलाई कोल्टी क्षेत्रका नागरिकहरुले फुलगुच्चा, खादा […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई आइतबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ७ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्भेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना […]
नागरिक रैबार/बाजुरा १६ जेठ। नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव हरीबहादुर रोकायाले जढागांमा रहेको बेलिवृज ५ महिनाभित्र सार्न सम्वन्धित निकायलाई चेतावनी दिएका छन् । गाैमुल गाउँपालिकाका अध्यक्ष समेत रहेका रोकायाले शुक्रबार आफ्नो सामाजिक संचालमा स्टाटस लेख्दै सम्बन्धित निकायलाई ५ महिनाको समय दिईन्छ । तब सम्म पनि जडाङगाको बेलिब्रिज सार्ने काम भएन भने बाजुरेलि युवाको साथ लियर […]
नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । जातीय भेदभाव […]
नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले […]
नागरिक रैबार/बाजुरा १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटनामा परेर घाइते भएका २ जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरि नेपालगंज लगिएको छ । सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा घाइते भएका थिए। घाईतेको उद्धारका […]
नागरिक रैबारबाजुरा १३ जेठ। बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख सहित ३ जनाको मृत्यू भएको छ । जीप दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाल टेलिकम शाखा कार्यालय बाजुराका कार्यालय प्रमुख वर्ष ४८ का लोक बहादुर खड्का, जीप चालक वर्ष ५७ का करनसिंह महतारा बडीमालिका ७ ढम्कनेका ३५ […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार टेलिकमकाे कामका लागि फिल्ड गइरहेको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन भने […]
नागरिक रैबार/बाजुरा १२ जेठ। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ मा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति सोही वडाको दल्लेडी गाउँका स्थानिय मदन बोहराको बाख्री खोरभित्र पसेको बाघले आक्रमण गर्दा ६ बाख्रा र ११ भेडा मरेका हुन् । गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी […]
नागरिक रैबार/बाजुरा १० जेठ। रिटर्नी फेडेरेसन नेपाल बाजुराको द्रोसो अधिबेशन मार्तडीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट इन्द्र बहादुर धामिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।
नागरिक रैबार/बाजुरा १० जेठ । बाजुराको सदरमुकाम मार्तडीमा बडीमालिका भक्तियोग समागम २०८२ सूरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त कार्यक्रमको उद्धघाटन् गरेका हुन् । बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम सूरु भएको हो । […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ र ९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडामा रहेका सवै बालवालिकाहरुले उमेर अनुसारको खोप सेवा लिएपछि शुक्रबार ५ र ९ नम्वर वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएका हुन् । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि यि दुवै वटै वडालाई एकसाथ पूर्णखोपयुक्त वडा […]