होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३२ असार। बाजुरामा यो वर्ष मुद्धा दर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या बढी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस सन्जिव पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराकाे गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । बाेहराकाे मंगलबार विहान घर नजिकैको बागेडाेरा भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानीय देबेन्द्र धामीले बताएका छन् । बाेहरा लामो समयसम्म घर नफर्किएपछि खोजी […]
नागरिक रैबार/बाजुरा ३१ असार।स्थानीय उत्पादनमा आधारित विदालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरिएको छ । गिप्ट नेपाल र मर्सिकोर नेपालको आर्थिक सहयोगमा बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा संचालन भईरहेको उक्त कार्यक्रम जिल्लाबाट बाहिरिएको हो । मंगलबार सदरमुकाम मार्तडीमा गिप्ट नेपालले परियोजनाको जिल्ला स्तरीय सरोकारवाला नियकायसंगको समिक्षा कार्यक्रम एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो परियोजना सकिएको […]
नागरिक रैबार/ बाजुरा ३१ असार। बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ । आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई हाँजिर नगर्न आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा […]
नागरिक रैबार/बाजुरा ३० असार। बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक सुनुवाइ गर्दै सम्पन्न गरेको हो । नगरपालिकाले आव २०८१/८२ का लागि ५० करोड ३८ लाख २६ हजार ५ सय ५२ रकम अनुमानित बजेट ल्याएको थियो । जस मध्ये ३९ करोड […]
नागरिक रैबार/बाजुरा ३० असार। बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा सोही नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले […]
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण […]
राजेन्द्र विक बाजुरा,२३ असार। बाजुराको सदरमुकाम मार्तडी नजिकै तुफानडांडामा जिप र अटो एक आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, से१ ज ६०९ नम्बरको जिप मार्तडीबाट कारागार तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको बडिमालिका नगरपालिका वडा नम्बर-४ ओलेनाका अन्दाजी ३३बर्षिय पदम नाथले चलाएको सु.प.प्र.०१००१ह६४०४नम्बरको अटो एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा […]
नागरिक रैबार/ बाजुरा २१ असार। बाजुराकाे बुढीनन्दा नगरपालिकामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशाल भण्डारी रहेका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती काैसाडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि […]
नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ । नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र […]
नागरिक रैबार/बाजुरा १९ असार।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका मुख्य ठाउँमा सिसि क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक घटना, अनैतिक क्रियाकलाप र चोरी डकैति जस्ता क्रियाकलापहरुलाई नियन्त्रण र निगरानी गर्नका लागि सिसि क्यामरा जडान गरिएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । मार्तडी बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई […]
नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लामा व्यवसायीक रुपमा कृषि पेशामा लागेका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले राष्ट्रिय धान दिवसको अवसर पारेर जिल्लाका ३ उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाजुराका ३ जना […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो अधिवेशन तथा १६ औ अधिवेशनले आर्थिक बर्ष २०८२/०८३ का लागि ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाँ बराबरकाे बजेट पारित गरेको छ । जसमा आर्थिक विकास – ४,३१,००,०००।चार करोड एकतिस लाख मात्र .। २. सामाजिक विकास – १३,७३,७७,०००।तेह् करोड त्रिहत्तर लाख सतहत्तर हजार मात्र […]
नागरिक रैबार/बाजुरा ३ असार।हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ । गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो । घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा […]
नागरिक रैबार/बाजुरा ३असार।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले सुईजिउला–पिलुचौर मोटरेवल पक्की पुल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वामीकार्तिक खापर गाउँपालिकाको सईजिउला र जगन्नाथ गाउँपालिकाको पीलुचौर कर्णाली मोटरेवल पक्की पुल निर्माण गर्नका लागि २ करोड बजेट विनियोजन गरेको स्वामीकार्तिक खापर […]
नागरिक रैबार/बाजुरा १ असार। बाजुराकाे मार्तडी – काेल्टी सडक अवरुद्ध भएकाे छ । मार्तडी -काेल्डी सडक अन्तरगत बडीमालिका नगरपालिका ७ काे पैंयाचाैर नजिकैकाे सडक माथिबाट पहिराे खसेपछि आईतबार विहानदेखि सडक अवरुद्ध भएकाे हाे । सडक अवरुद्ध भएपछि मार्तडी देखि काेल्टी र काेल्टी देखि मार्तडीसम्मकाे यातायात सेवा प्रभावित भएकाे छ । काेल्टीबाट सदरमुकाम र सदरमुकाम मार्तडी […]
नागरिक रैबार/बाजुरा १ असार। भारतीय राजदुताबासले बाजुराको हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् । […]
नागरिक रैबार/बाजुरा २६ जेठ। बडीमालिका नगरपालिकाका सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्न र यहाँका स्थानियतहले यस्ता बर्गहरुको स्वास्थ्य सम्वन्धिको हकअधिकार सुनिश्चित […]
नागरिक रैबार/बाजुरा २६ जेठ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा सभा सम्पन्न भएको छ । नगरपालिकाबाट वडाका लागि आर्थिक वर्ष २०८२/८३ वित्तिय समानीकरण अनुदान अनुसार पुजिंगत तर्फ २४ लाख २४ हजार २० हजार र चालु तर्फ १ लाख ३० हजार गरी २५ लाख ५४ हजार २० रुपैयाँ रहेको छ । वडा सभामा […]
नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको त्रिवेणी नगरपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १० लाख सहयोग गर्ने भएकाे छ । नगरपालिकाको जेठ २४ गते बसेको कार्यपालिकाको निर्णय अनुसार बाम्का बजारका आगलागी पीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख कर्णबहादुर थापाले जानकारी दिए । गएको शुक्रबार साँफे मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका […]