होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २८ कार्तिक । गएको जेठ अन्तिम साताबाट बन्द भएको बस सेवा आजदेखि सदरमुकाम मार्तडीबाट सूचारु हुने भएको छ । आइतबार सदरमुकाम मार्तडीमा ६ वटा बस पुगेका छन् । यस अघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमकाम सम्म सूचारु हुन् सकेको थिएन् […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। पाँचदलिय गठवन्धनबाट बनेकाे शेरहादुर देउवा नेतृत्वकाे सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराले शुक्रबार मार्तडीमा प्रदर्शन गरेकाे छ । गठबन्धन सरकाले पेट्रोलियम पदार्थकाे मूल्यमा मनाेमानी ढंगबाट वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराका विद्यार्थीले सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले मार्तडीकाे लाेकतान्त्रिक चाेकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। दोस्रो नगर स्तरीय फुटवल प्रतियोगिताको कप पनि बडीमालिका नगरपालिका ९ ले जितेको छ ।आज सम्पन्न भएको फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २-१ ले पराजित गर्दै बडीमालिका ९ दोस्रो नगर स्तरीय कप जितेको हो । अघिल्लो वर्ष समेत कप जितेको बडीमालिका ९ ले यस वर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]
नागरिक रैबार बाजुरा १५ कार्तिक एमाले बडीमालिका नगर कमिटीको प्रथम नगर अधिबेशन ४ दिनपछि सम्पन्न भएकाे छ । कार्तिक १२ गतेबाट सूरू भएकाे प्रथम नगर अधिवेशन ४ दिनपछि आज सम्पन्न भएकाे हाे । साेमबार सम्पन्न भएकाे नगर अधिवेशनबाट अध्यक्षमा धर्मराज पाध्याय, उपाध्यक्षमा विमला कुमारी साउंद, सचिव राजेश पायल विक, उपसचिव कर्णबहादुर विक, कालू रावल लगायत […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । नगर कमिटीको उपाध्यक्ष, उपसचिव, सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई भएको छ ।नगर अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो । नगर कमिटीको नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारहरुवीच सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको नगर निर्वाचन समितिले जानकारी दिएको छ । नगर कमिटीको अध्यक्षमा धर्मराज […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका भित्र गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले आजबाट नगरभित्रका कृषकलाई गहुँको बीउ वितरण गर्ने भएकाे छ । नगरपालिका भित्रका कृषकलाई ४० क्विन्टल गहुँको बीउ वितरण गरिने बडीमालिका नगरपालिकाकाे कृषि विकास शाखाका प्रेम महतले बताएका छन् । किसानलाई लक्षित गरी गहुँको बीउ वितरण गरिने नगरपालिकाले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार बाजुरा १२ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्बर ८ काे आयाेजनामा दाेस्राे नगर स्तरीय 7 ए साईड फुटबल कप प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा सूरू भएकाे छ । नगरपालिका भित्रका खेलाडीहरूकाे प्रतिभालाई पहिचान गराउने उद्वेश्यले बडीमालिका ८ ले तिहारकाे अवसरमा दाेस्राे नगर स्तरीय फुटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । बडीमालिका […]
नागरिक रैबार/ बाजुरा १२ कार्तिक । एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू नागरिक रैबार बाजुरा १२ कार्तिक नेकपा एमाले बडीमालिका नगर कमिटीकाे प्रथम बडीमालिका नगर कमिटीकाे प्रथम नगर अधिवेशन आजबाट सुरू भएकाे छ । बडीमालिका नगर कमिटी अध्यक्ष विरबहादुर रावलकाे अध्यक्षतामा सूरू भएकाे प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहेका […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
नागरिक रैबार बाजुरा ९ कार्तिक नेकपा एमाले बडीमालिका नगरपालिका वडा नम्बर ९ काे प्रथम वडा अधिवेशन आज सूरू भएकाे छ । मंगलबार एक कार्यक्रमका विच ९ नम्बर वडाकाे एमाले जिल्ला कमिटी सचिवालय सदस्य काँशी विकले उद्घाटन गरेका छन् । एमाले ९ नम्बर वडा कमिटिका अध्यक्ष राजेश पायलकाे अध्यक्षतामा सूरू भएकाे कार्यक्रममा वडा भित्रका १ सय […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुरा केन्द्रिय सर्कुलर अनुसार वडा अधिवेशनमा जुटेको छ । अहिलेसम्म जिल्लाका ६९ मध्ये ५० बढी वडामा सहमतिका साथ नेतृत्व चयन गर्दै वडा अधिवेशन सकिसकेको एमालेले बाँकी रहेका वडाहरुमा अधिवेशन सम्पन्न गर्न लागेको छ । आज बडीमालिका नगरपालिकाका ४ वटा वडामा वडा अधिवेशन सम्पन्न हुने एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
नागरिक रैबार/बाजुरा २२ असाेज । बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको […]