होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई
राजनीति

एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई

  • नागरिक रैबार
एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई

नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई भएको छ ।नगर अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो ।

नगर कमिटीको नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारहरुवीच सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको नगर निर्वाचन समितिले जानकारी दिएको छ ।

नगर कमिटीको अध्यक्षमा धर्मराज पाध्याय, सुर्यकिरण विक, जंग विक र अंगत रावल रहेका छन । उनीहरु चारै जनाविच आपसमा सहमति हुन नसकेपछि ३ दिन सम्म नेतृत्व चयन हुन सकेको छैन् ।

विज्ञापन

नगर कमिटीको अध्यक्षका प्रत्यासी रहेका जंग विक भन्छन् आज साँझसम्म हामीहरु विच आपसमा सहमति भएर नयाँ नेतृत्व चयन हुन्छ । त्यस्तै सचिव पदका लागि अमर खड्का, सिता बराल, चन्द्र थापा र राजेश पायल छन् ।

यसरी हेर्दा उनीहरुको पदमा समेत सहमति हुन सकेको छैन् । अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नेतृत्व चयनमा ढिलाई हुँदा बाहिरबाट आएका प्रतिनिधिहरुलाई समस्या भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार