होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • गठबन्धन सरकारकाे विराेधमा अनेरास्ववियुले गर्याे मार्तडीमा प्रदर्शन (भिडियोसहित)
राजनीति

गठबन्धन सरकारकाे विराेधमा अनेरास्ववियुले गर्याे मार्तडीमा प्रदर्शन (भिडियोसहित)

  • नागरिक रैबार
गठबन्धन सरकारकाे विराेधमा अनेरास्ववियुले गर्याे मार्तडीमा प्रदर्शन (भिडियोसहित)

नागरिक रैबार
बाजुरा २६ कार्तिक।
पाँचदलिय गठवन्धनबाट बनेकाे शेरहादुर देउवा नेतृत्वकाे सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराले शुक्रबार मार्तडीमा प्रदर्शन गरेकाे छ ।
गठबन्धन सरकाले पेट्रोलियम पदार्थकाे मूल्यमा मनाेमानी ढंगबाट वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराका विद्यार्थीले सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले मार्तडीकाे लाेकतान्त्रिक चाेकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे पुत्ला समेत जलाएका छन् ।
अनेरास्ववियु बाजुराका संयाेजक राजिव राेकायाकाे नेतृत्वमा गरिएकाे सरकार विरूद्वकाे प्रदर्शनमा विद्यार्थीले परमादेश सरकार खारेज गर लगायतका नारा लगाएका थिए । खेलकुदमैदानबाट सूरू गरिएकाे प्रदर्शन लाेकतान्त्रिक चाेक हुँदै गरीबजार परिक्रमा गरेर समापन गरिएकाे थियाे । अनेरास्ववियु बाजुराले आजै प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयलाई पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि गरेर जनतामाथि ज्याजति गरेकाे भन्दै ज्ञापनपत्र बुझाएको थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार