होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बडीमालिका ८ काे दाेस्राे नगर स्तरीय फुटवल कप आजबाट सूरू
खेलकुद

बडीमालिका ८ काे दाेस्राे नगर स्तरीय फुटवल कप आजबाट सूरू

  • नागरिक रैबार
बडीमालिका ८ काे दाेस्राे नगर स्तरीय फुटवल कप आजबाट सूरू

नागरिक रैबार
बाजुरा १२ कार्तिक।
बडीमालिका नगरपालिका वडा नम्बर ८ काे आयाेजनामा दाेस्राे नगर स्तरीय 7 ए साईड फुटबल कप प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा सूरू भएकाे छ । नगरपालिका भित्रका खेलाडीहरूकाे प्रतिभालाई पहिचान गराउने उद्वेश्यले बडीमालिका ८ ले तिहारकाे अवसरमा दाेस्राे नगर स्तरीय फुटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।
बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलकाे अध्यक्षतामा सूरू भएकाे फुटवल प्रतियाेगिताकाे उद्घाटनमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल प्रमुख अतिथि रहेका थिए ।
आजबाट सूरू भएकाे प्रतियोगितामा १० बढी टिम दर्ता भएकाे आयाेजकले बताएको छ । प्रतियोगितामा विजेता हुने टिमलाई ५१ हजार १ सय ११ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता हुने टिमलाई २१ हजार १ सय ११ नगद, प्रमाणपत्रसहित कप प्रदान गरिने छ । प्रतियोगिता बाजुरा क्याम्पसकाे खेलमैदानमा हुने भएकाे छ।

 

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार