होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाकाे प्रवक्तामा वडा अध्यक्ष धर्मराज पाध्यायलाई ताेकेकाे छ । बडीमालिकाकाे नवनिर्वाचित कार्यपालिकाकाे आज बसेकाे पहिलाे बैठकले बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्यायलाई नगरकाे प्रवक्तामा ताेकेकाे हाे। बुधबार नगरपालिकाले कार्यपालिकाको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नगरपालिकाका आधिकारिक निर्णयहरू वक्तव्य सार्वजनिकीकरण प्रयाेजनका लागि वडा अध्यक्ष पाध्यायलाई नगर प्रवक्ता ताेकिएकाे नगरप्रमुख […]
नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा आएकी छिन्।बडीमालिका मन्दिरको दर्शन र पुजापाठका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार विहान ७ बजेर ३० मिनेटमा […]
नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपति विद्यादेवि भण्डारी भ्रमणको सिलसिलामा बाजुरा आइपुग्नु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रम अनुसार उहाँ बाजुरा आईपुग्नु भएको हो । बुधबार ७ः३४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत बाजुरा आइपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन् । प्रजिअ अधिकारीका अुनशार उहाँ नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्ममा […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बाजुरा जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता हुने बताएका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा २ दिन अघि मात्रै बाजुरा आएका अधिकारीले मंगलबार बाजुराका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् । बाजुरामा रहँदा सम्म यहाँको ‘शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिनेछ प्रजिअ अधिकारीले भने ‘पत्रकारहरुको […]
नागरिक रैबार/बाजुरा १७ जेठ।प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । मंगलबार प्रेस चौतारी बाजुरा शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का र उपप्रमुख नन्दा कुमारी थापालाई सफल कार्यकालको शुभकामनासहित बधाई तथा सम्मान गरेको हो । प्रेस चौतारीबाटै पत्रकारीता गरेर नेकपा […]
धनगढी — राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्। राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
नागरिक रैबार/बाजुरा १६ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ स्थित रापकमा रहेको मष्टेश्वरी आधारभुत विद्यालयको २ कोठे भवनको सिलान्या गरिएको छ । आईतबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले एक औपचारिक कार्यक्रमकाविच उक्त भवनको सिलान्यास गरेका हुन् । बडीमालिका नगरपालिकाको समन्वय र राष्ट्रपति शैक्षिक शुधार कार्यक्रम अन्तरगतको १८ लाखको लागतमा २ कोठाको सुविधासम्पन्न भवन निर्माण […]
नागरिक रैबार/बाजुरा १४ जेठ।बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाबाट ८० हजार ५८ रुपैया आर्थिक सहयोग रकम सहयोग गरिएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) द्धारा राजधानी काठमाण्डौंमा जारी सि डिभिजन प्रतियोगीतामा सहभागि भएर खेल प्रर्दशन गरिरहेको बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाको मेरिल्याण्ड राज्यमा अवस्थित सुदूरपश्चिम फुटवल क्लवका खेलाडीहरुले ८० हजार ५८ रुपैयाँ आर्थिक सहयोग गरेको […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलमाथि दुव्र्यवहार भएको छ । शुक्रबार कार्यालयमा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै गएर दुर्व्यवहार गरेका हुन् । बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले शुक्रबार दिउसो यथास्थितिमा मतगणनाको माग गर्दै सदरमुकाम मार्तडीमा समेत निर्वाचन आयोगका […]
नागरिक रैबार/बाजुरा १० जेठ। बडीमालिका नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुलाई इसाई समाज बाजुराले सम्मान गरेको छ । ईसाई समाज बाजुराले आज आफ्नो कार्यालयमा बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा लगायत वडा अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे पूर्ण कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो । इसाई […]
नागरिक रैबार/बाजुरा १० जेठ। बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई दिएको छ । पत्रकारीता पेशालाई राम्रोसंग बुझेका कारण आफुहरु जहिले पनी पत्रकारको हकहितमा रहेर काम गर्ने बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले बताए ।पत्रकारले राम्रा कामको मात्रै नभएर आफुहरुले केहि गलत […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बडीमालिका नगरपालिकाले नगरभित्रका गरिब, बिपन्न नागरिकलाई निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकाको नगरप्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । पत्रकार सम्म्मेलन मार्फत सार्वजनिक गरिएको निर्णय अनुसार नगरपालिकाले नगर भित्रका अति विपन्न, […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिका नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भएका सूर्यकिरण विकले आजबाट वडा अध्यक्षको पदभार ग्रहण गरेका छन् । वडा कार्यालयले आज वडामा एक औपचारिक कार्यक्रम गर्दै नवनिर्वाचित वडा समितिलाई स्वागत र यस अघिको वडा समितिलाई विदाई गरेको छ । भ्रखरै सम्पन्न भएको […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकामा पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट बडीमालिकाको नगरप्रमुखमा निर्वाचित भएका खड्काले नगरप्रमुखको पदभार ग्रहण पश्चात नगर गरेका निर्णयहरु यस्ता छन् । निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोबिन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अजबहादुर मल्ललाइ पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिष्पर्दा गरेका थिए । यसपटकको निर्वाचनमा समेत साे गाउँपालिकामा नेपाली […]
नागरिक रैबार/बाजुरा ३ जेठ।बडीमालिका नगरपालिकाको मेयरमा एमालेका अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएका छन् । खड्काले ४ हजार १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकि छन् । […]
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणाम यस्तो छ। एमाले : मेयर: ३२६१ उपमेयर : ३३८४ नेपाली काँग्रेस मेयर : ३१७८ उपमेयर: ३०५६
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ८ काे वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रावललाई ४८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । विजयी बनेका थापाले ५ सय ९६ र पराजित भएका रावलले ५ सय ५० मत ल्याएका छन् । काँग्रेसका रावल यस अघिका […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् । पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे […]
बडीमालिका नगरपालिकाको पछिल्लो मत परिणाम नेकपा एमाले मेयर: २२११ उपमेयर: २१४९ नेपाली काँग्रेस मेयर:१८५६ उपमेयर: १९३५