होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि ४ दिने तालिम सुरु
समाचार

रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि ४ दिने तालिम सुरु

  • नागरिक रैबार
रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि ४ दिने तालिम सुरु

नागरिक रैबार/बाजुरा १५ असार। रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि बाजुराका पत्रकारहरुका लागि ४ दिने तालिम आजबाट मार्तडीमा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो ।

तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले उद्घाटन गरेका छन् । तालिमको प्रशिक्षकमा बरिष्ठ पत्रकार लील प्रकाश चन्द रहेका छन् । स्वतन्त्र प्रेस, व्यवसायिक पत्रकारीता’ भन्ने मुल मर्म सहित सञ्चिालित तालिममा बाजुराका सबै संचारमाद्याममा कार्यरत ३५ बढी सहभागी भएका छन् ।

विज्ञापन

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सुरु भएको तालिमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्का रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, प्रहरी प्रमुख सुर्य थापा, शसत्र प्रहरी प्रमुख गंगातत्त पन्त लगाएतको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष पदम बहादुर सिंहले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन महासंघका कार्यवाहक सचिव रमित विकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार