होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पनि यसरी मनाईयो धान दिवस (फोटोसहित)
समाचार

बाजुरामा पनि यसरी मनाईयो धान दिवस (फोटोसहित)

  • नागरिक रैबार
बाजुरामा पनि यसरी मनाईयो धान दिवस (फोटोसहित)

नागरिक रैबार/ बाजुरा १६ असार। बाजुरामा १९ औं राष्ट्रिय धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोगं’ भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस भव्यताका साथ मनाईएको हो । कृषि ज्ञान केन्द्र बाजुरा, कृषि विकास शाखा बडीमालिका नगरपालिका र फियान नेपालको संयुक्त आयोजनामा दिवस मनाईएको हो ।

May be an image of 5 people, people standing and outdoors

१९ औं राष्ट्रिय धान दिबसको अवसरमा बडीमालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा गएको जिल्लाको टोलीले बडीमालिका नगरपालिका ९ की कृषक गंगा लवारको खेतमा पुगेर धान रोपेर दिवस मनाईएको थियो ।

विज्ञापन

May be an image of 5 people, people standing and outdoors

दिवसकै अवसरमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, नगर उप प्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, प्रहरी नायव उपरिक्षक सुर्य थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक गँगादत्त पन्त, कृर्षि ज्ञान केन्द्रका प्रमुख हरी प्रसाद पनेरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कृर्षि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरी प्रसाद पनेरुको अध्यक्षतामा भएकको हो भने कार्यक्रमको संचलन कृर्षि ज्ञान केन्द्रका मिन प्रसाद जैशीले गर्नु भएको हो ।

May be an image of 6 people, people standing, tree and outdoors

औपचारिक कार्यक्रम पश्चात सम्पुणर् सहभागीहरुले खेतमा गएर खेत साँउने र रोपाई गर्ने काम गर्दै एक आपसमा हिलो छ्यापेर रमाइलो गर्दै धान दिवश सम्पन्न भएको थियो । धान रोप्ने खेतमै जिल्लाका सम्पुणर् सरोकारवालाहरुले देउडा लगाएर एक आपसमा भाइचाराको सम्बन्ध प्रघाट भएको संज्ञा दिएका थिए ।

May be an image of 5 people, people sitting, people standing, tree and outdoors

रोपाई सकाएर सबै स्थानिय र उपस्थिति अतिथीहरुले असाढ १५ को दहि चिउरा खााएर धान दिवस सम्पन्न भएको थियो । दिवसको अवसरमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा बुधबार दिउसो गणखेतमा रहेको खेतमा कृषकसंग दहि चिउरा खाएर जिल्ला सदरमुकाम मार्तडीमा बाजागाजा सहित बजार परिक्रमा गरेर मार्तडीको गडखेतमा गएर धान रोप्दै हिलोमा खेल्दै धान दिवस मनाईएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् । नेपालमा २०६१ सालदेखि औपचारिक रुपमै मनाउन थालिएको धान दिवस यसपटक १६औँ दिवस हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार