होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिला प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिबिर सम्पन्न
समाचार

महिला प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिबिर सम्पन्न

  • नागरिक रैबार
महिला प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिबिर सम्पन्न

राजेन्द्र बिक बाजुरा,२६जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५स्थित मना शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिविर सम्पन्न भएको छ।मर्यादित,शान्तिमय र आनन्दित जिवनका लागि समुन्नत समाज भन्ने मुख्य नारा सहित शुरु भएको शिविरको उद्घाटन स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिता बलम्पाकिले गर्नुभएको हो ।

No description available.

सहास नेपाल बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा संचालन भएको शिविरमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी स्त्री रोग विशेषज्ञ डांक्टर जस्मिता बलम्पाकि द्वारा आंङ खस्ने,सेतो पानी बग्ने ,गर्भ नरहने,महिनावारी गडबडी ,पिसाब पोलिने,तल्लो पेट दुख्ने जस्ता महिलाहरूका प्रजनन स्वास्थ्य समस्याहरूको ५५जनामा चेकजाँच तथा परामर्श गरिएकोमा ४जनामा रिङप्रेसरी राखि उपचार प्रक्रिया शुरु गरिएको र ४जनालाइ अन्यत्रै रिफर गरिएको मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र बहादुर साउंदले बताउनुभएको छ।

विज्ञापन

No description available.

गाउँमा महिलाहरूले स्वास्थ्य सेवा अभाव र स्वास्थ्य शिक्षाको कमिका कारण विभिन्न प्रकारका प्रजनन सम्बन्धि रोगहरु बाट पिडित भएको स्थानियको गुनासो पछि शिविर संचालन गरिएकाले महिलाहरूको प्रजनन स्वास्थ्य सुधारका लागि यो शिविर अत्यन्तै प्रभाकारी भएको सहास नेपाल लिफ्ट परियोजना बाजुराका अधिकृत देशिन्द्र राइले बताउनु भएको छ।चेकजाँचको क्रममा अधिकांश महिलाहरु पाठेघर सम्बन्धिको सेतो पानी बग्ने,पिसाब पोलिने जस्ता समस्याहरु बाट पिडित रहेका डाक्टर जस्मिता बलम्पाकिले बताउनुभएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै