होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकाले गर्यो मार्तडी बजार सरसफाई कार्यक्रमको सुभारम्भ
बडीमालिका

बडीमालिकाले गर्यो मार्तडी बजार सरसफाई कार्यक्रमको सुभारम्भ

  • नागरिक रैबार
बडीमालिकाले गर्यो मार्तडी बजार सरसफाई कार्यक्रमको सुभारम्भ

नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले सरसफाई कार्यक्रमको सुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको सुभारम्भ गरेको हो ।

बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई कार्यक्रमको सुभारम्भ गरिएको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

बडीमालिकाको पहिलो बैठकले सदरमुकाम समेत रहेको मार्तडी बजारलाई सफा र सुन्दर बनाउन सरसफाई व्यवस्थापन कार्यदल बनाएर मार्तडी बजारमा आवश्यकता अनुसार मानवीय एंव भौतिक श्रोत साधानको प्रयोग गरि बजार क्षेत्रको पहिलो चरणको सरसफाई कार्यक्रम सुभारम्भ गर्ने निणर्य गरेको थियो ।

विज्ञापन

आज नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार सदरमुकाम मार्तडीमा नगरप्रमुख अमरबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, डिएसपी सुर्य थापा, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी, र सुरक्षाकर्मीहरुले बजारमा सरसफाई गरेका छन् ।

त्यस्तै विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय बाजुरा परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

मार्तडी बजारको नियमित सरसफाईका लागि १० जना कामदारलाई रोजगार दिएर सरसफाई गरिने भएको छ । त्यसै गरी बडीमालिका नगरपालिकाबाट उत्सर्जन हुने फोहोर मैलाको दिगो व्यवस्थापन गर्न ल्याण्डफील्ड साईट निर्माणका लागि प्रारम्भिक अध्ययन गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार