होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रशासन कार्यालयको अगुवाईमा मार्तडी बजारको अनुगमन
Breaking News

प्रशासन कार्यालयको अगुवाईमा मार्तडी बजारको अनुगमन

  • नागरिक रैबार
प्रशासन कार्यालयको अगुवाईमा मार्तडी बजारको अनुगमन

नागरिक रैबार/बाजुरा १७ असार। जिल्ला प्रशासन कार्यालय बाजुराले आज सदरमुकाम मार्तडी बजारको अनुगमन गरेको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशन अनुसार आज बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेका विभिन्न पसलहरूको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।

No description available.

जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा मार्तडी बजारमा म्याद गुर्जिएका खाध्य बस्तु, कालोबजारी र खाद्य वस्तुमा महंगी, मुल्यसुचि लगायतका बिषयमा अनुगमन गरिएको थियो ।

विज्ञापन

No description available.

अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य सामाग्री बरामद समेत गरिएको सहायक प्रजिअ विष्टले बताएका छन् ।जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रहरी कार्यालय, कोलेनिका, स्वास्थ्य कार्यालय बाजुरा लगायतका कार्यालयहरुको संयुक्त अनुगमन टोलिले मार्तडी बजारको अनुगमन गरेको थियो ।

No description available.

मार्तडीमा बजारमा रहेका विभिन्न व्यापारीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन गरिएको थियो । व्यापरीहरुलाई पटक-पटकको अनुगमनमा जानकारी दिदा पनि व्यापारीहरुलाई दिएको निर्देशनहरु पालना नगरी म्याद गुर्जेका सामाग्री बिक्रि बितरण गरेको र केही पशलमा भेटीएका तरकारी र अखाध्य बस्तु बरामत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार