होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • समाज सुधार युवा क्लवका युवाले गरे सरसफाई
बाजुरा बिशेष

समाज सुधार युवा क्लवका युवाले गरे सरसफाई

  • नागरिक रैबार
समाज सुधार युवा क्लवका युवाले गरे सरसफाई

नागरिक रैबार
बाजुरा १८ असार । बडीमालिका नगरपालिका वडा नम्बर ९ माझगांमा रहेकाे समाज सुधार युवा क्लवले शनिबार सरसफाई गरेका छन् ।
“भबिस्य सोचि सुधारौ बर्तमान,स्वच्छ वडा हाम्रो अभियान ´´भन्ने मुल नाराका शनिबार उक्त क्लवका युवाहरूले वडा नं ९ को ओखलढुंगा टोल र मालिका नमूना माध्यामिक बिध्यालयको बाहिर सरसफाइ साथै बाटो मर्मत गरेका हुन् । वर्षातकाे समय सूरू भएसंगै पानी परेर बिगि्रएको बाटो मर्मत गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् ।
पछिल्लो समय च्याउ उम्रे जस्तै गरि क्लब दर्ता भएपनि केहि क्लब भने कुहिरोको काग हराए जस्तै भएका छ्न तर २०७८/१०/९ गते दर्ता गरेको समाज सुधार युवा क्लब भने समाज परिवर्तनका गर्नका लागि खेलकुद, सांस्कृतिक , नाटक , सरसफाइ जस्ता विभिन्न माध्याम बाट क्लबको आफ्नो छुट्टै पहिचान बनाउन खोजिरहेकोछ ।
क्लबले समाज परिबर्तन गर्न सबैभन्दा पहिले मान्छे स्वस्थ रहनु पर्छ भन्ने उद्देश्य सहित प्रत्येक महिनाको अन्तिम शनिवार सरसफाइ गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नेपालीले बताएका छ्न।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार