होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ माघ ।जिल्लाकाे गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयमा सरसरफाई गरिरहेका ७ जना जंगली जनावर बदेलकाेआक्रमणमा परि घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल […]
नागरिक रैबार/बाजुरा ९ माघ । जिल्लाकाे गाैमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाैमुल वडा १ दुर्गालि घर भएका अन्दाजि ५३ वर्षका झिर्के राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताएका छन् । प्रहरी प्रमुख भट्टराईका अनुसार घटना विहान ९ बजे भएकाे भएपनि प्रहरीलाई दिउसाे १ […]
नागरिक रैबार/बाजुरा ६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराले डेढकिलाे चरेस सहित दुईजनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा बडीमालिका नगरपालिका ३ रजालीका श्याम खड्का र गाैमुल गाउँपालिका १ का देवहादुर राेकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरू दुवै जनालाई अाईतबार सांझ बडीमालिका नगरपालिका ९ गैरीबजारबाट पक्राउ गरिएकाे प्रहरी निरिक्षक दानबहादुर राेकायाले जानकारी दिएका छन् […]
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
रमित विक/ बाजुरा ६ पुस । गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने […]
प्रमित बि.क/बाजुरा २१ मंसिर । जिल्लाको गौमुल गाउँपालिका कृषि शाखा र पशु शाखा घट्मुनाको आयोजनामा गौमुल गाउँपालिकाका ६ वडाका कृषकहरु १० दिने कृषि भ्रमणमा गएका छन् । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रर्वद्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने मुल नाराका साथ कृषकलाई कृषि भ्रमणमा लागिएको हो । कृषकहरुको […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर।सदरमुकाम मार्तडीदेखी गौमुल जोड्ने ग्रामिण सडक कालोपत्रे गरिने भएको छ । इन्कुलुटिङ्ग धुलीखेल ग्याल्बा श्याम एण्ड शंकर जेवी निर्माण सेवाले उक्त सडक यसै एक वर्षभित्र कालोपत्रे गर्ने भएको हो । सडकको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले शनिबार उद्घाटन् गरेका हुन् । मार्तडी गौमुल […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । चिसो छल्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको गौमुल गाउँपालिका ३ माझपालीमा रहेको बालविकास माध्यायिक विद्यालयका विद्यार्थीहरुलाई रातो बंगला फाउन्डेसनद्धारा चिसो छल्न न्यानो लुगा वितरण हो । दुर्गम विद्यालयमा रहेका बालवालीकाहरुलाई चिसोबाट जोगाउनको लागि रातो बंगला फाउन्डेसनको सहकार्य र ‘माया र न्यानो बाडौ’ भन्ने गैर सरकारी संस्थाको आयोजनामा […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । काठमाडौंमा माटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यृ भएको छ । मृत्यृ हुनेमा बाजुराको गौमुल गाउँपालिका घरभएका गाेकुल बहादुर रोकाया रहेका छन् । बा ९१ प १७६६ नम्बरको मोटरसाइकल शनिबार बिहान बानेश्वरमा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुमा कार्यरत बाजुराको गौमुल गाउँपालिका […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ । राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]
नागरिक रैबार/बाजुरा २७ असोज ।त्रिवेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ औं वाषिक साधारण सभा मार्तडीमा सूरु भएको छ । उद्योमशिल बानी, उद्योगमा लगानी भन्ने मुल नाराका साथ त्रिवेणी सहकारी १८ औं वार्षिक साधारण सभा मार्तडीमा सूरु भएको हो । उक्त सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौमुल गाउँ कमिटीका सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् । गौमुल गाउँपालिकाको घटमुनामा आयोजित एक कार्यक्रमका विच गौमुल गाउँ कमिटीका ७५ सदस्यहरुलाई नेकपा बाजुरा जिल्ला कमिटी सचिव भरत बुढाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा गाउँ कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै […]
नागरिक रैबार/बाजुरा १२ असोज। वर्षातका कारण आसिंक रुपमा बन्द भएको मार्तडी– गौमुल ग्रामिण सडक संचालनमा आएको छ । पहिरोका कारण आसिंक रुपमा अवरुद्ध बनेको सो सडक मर्मत गरिएपछि शनिबारबाट नियमित संचालनमा आएको हो । सडक खुलेसँगै सदरमुकाम मार्तडीको ठुलीसाँगु खोलादेखि गौमुलको घट्मुना सम्मको सडक संचालनमा आएपछि आवत जावत गर्न सजिलो भएको बडीमालिका २ का स्थानीय […]
प्रमित वि.क /बाजुरा ५ असोज । बाजुराको गौमुल गाउँपालिका घट्मुना बजार अनुगमन गरिएको छ । गाउँपालिका उपा–अध्यक्ष सिता थापाको नेतृत्वमा आईतबार घट्मुना बजारमा रहेका विभिन्न किराना तथा खाद्य पसलहरु अनुगमन गरिएको छ । गौमुल गाउँपालिका, ईलाका प्रहरी कार्यालय, कृषि शाखा, स्वास्थ्य शाखाको संयुक्त समुहले बजार अनुगमन गरेको हो । पसल अनुगमन गरि म्याद सकिएका खाद्य […]
नागरिक रैबार/बाजुरा ३० भदौ । बाजुराको गौमुल गाउँपालिका वडा नं.३ मा घर माथिबाट पहिरो खसेपछि एक घर भत्किएको छ । आईतबार राति अविरल वर्षासंगै आएको पहिरोले वडा नं. ३ का स्थानीय दिल बहादुर धामीको घर भत्किएको हो । पहिरोले घरमा भएको खाद्यन्न सामाग्री, लत्ता कपडा र भाँडा कुडामा क्षेती पुर्याएको उनका आफन्त जनक धामीले बताए […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
रमित विक/भदौ २० बाजुरा।बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ । गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । गौमुल–६ सटेडाका गोरे मिजारको उमेर ५० वर्ष पुग्यो । उहाँले जाँड रक्सी खान छोडेको ६ महिना भयो । त्यसअघि रक्सी खानकै लागि मिजारले […]
राजेन्द्र बहादुर रोकाया/भदौ १९ बाजुरा। गौमुल गाउपालिकाको घट्मुनाबाट काल्चे भिर, दहकोट, तल्दुगुन, मल्दुगुन र पौंदाली हुँदै तीन दिनको पैदल यात्रा पछि मात्र पुगिन्छ उच्च हिमाली भेग छेडेतोली भन्ने स्थानमा । तिन दिनको पैदल यात्रा पछि लेकमा रहेको अनौठो प्रकृतिको प्रबेशद्धार देख्न पाईन्छ । त्यहाँ पुग्ने सबैको मन प्रवेशद्धारले लोभ्याउँछ । गौमुल गाउँपालिकाको वडा नं. २ […]