होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य प्रशिक्षक नियुक्त
समाचार

गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य प्रशिक्षक नियुक्त

संगित तथा नृत्य तर्फ बालबालिकालाई आवद्ध गराउने योजना

  • नागरिक रैबार
गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य प्रशिक्षक नियुक्त

रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ ।

गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने गरी घुम्ति प्रशिक्षक राखिएका छन् । संगीत नृत्यको विकास र बालबालिकाहरुको चारित्रिक विकासमा सघाउ पुग्ने उद्देश्यले प्रशिक्षक नियुक्त गरिएको अध्यक्ष रोकायाले बताउनुभएको छ ।

शैक्षिक क्षेत्र सुधार र संगीत नृत्यको विकासमा बालबालिकाहरुको आर्कषण गरी विद्यालय जान उत्प्रेरणा जगाउने गरी नृत्य प्रशिक्षक राखिएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । नृत्य तथा संगितले विकास गर्ने वातावरणको सिर्जना गरी शैक्षिक विकास गर्नेका लागि उक्त निर्णय गाउँ कार्यपालिकाको बैंठकले गरेको हो ।

विज्ञापन

नृत्य त्यो हो,जुन शरीरका विभिन्न अङ्ग,प्रत्यङ्ग,उपाङ्ग चलाएर लच्काएर सुर र तालमा गीतको माध्यमबाट आफ्नो भाव व्यक्त गर्ने कला नै नृत्य भएकाले समेत गाउँपालिकाले यस्तो निर्णय गरेको बताउनुभएको छ ।

नृत्यलाई स्थानीय भाषामा नाच पनि भन्ने गरिन्छ । गाउँपालिका भरिका विद्यालयमा पुगेर प्रशिक्षकहरुले विद्यालयमा रहेका बालबालिकाहरुलाई नृत्य सिकाउने भएका छन् । गौमुल गाउँपालिकाले यस बर्षलाई शिक्षा विकास बर्षको रुपमा बजेट विनियोजन समेत गरेको छ । विद्यालयमा बालबालिकालाई संगित तथा नृत्य प्रशिक्षण गराउने जिम्मा मोडल तथा नृत्यकार राजेश पायल र निशान्त रोकायालाई दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार